सङ्खुवासभा सामूहिक हत्या प्रकरण : लोकबहादुरका भाइमाथि पनि अनुसन्धान हुँदै

  • भदौ ३१, २०७८
  • २९२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । मादी नगरपालिका–१ उम्लिङस्थित खोला गाउँमा ६ जनाको सामूहिक हत्या गरिएको घटनामा प्रहरीले अनुसन्धानको दायरा फराकिलो पारेको छ । सामूहिक हत्याको आरोपमा पक्राउ परेका २५ वर्षीय लोकबहादुर कार्कीका भाइ नरेशमाथि पनि प्रहरीले अनुसन्धान थालेको हो । विभिन्न कोणबाट भइरहेको अनुसन्धानले बीभत्स हत्यामा लोकबहादुरलाई भाइले पनि सहयोग गरेजस्तो देखिएको प्रहरी स्रोतले बतायो । 

 

सङ्खुवासभा प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले लोकबहादुरका भाइ नरेशमाथि पनि अनुसन्धान एवं सोधपुछ थालिएको जानकारी दिए । अनुसन्धानपछि घटनाका बारेमा थप विषय सार्वजनिक गरिने उनको भनाइ छ । 

भदौ २१ सोमबार उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी रञ्जना, नाति दीपेन र नातिनी गोमा कार्कीको सामूहिक हत्या भएको थियो । घटना भएको ५ दिनपछि प्रहरीले हत्यामा संलग्न भएको आरोपमा लोकबहादुरलाई पक्राउ गरिसकेको छ । 

प्रहरीका अनुसार हत्या गरिएकी तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्कीको मोबाइल हराएको थियो । प्रहरीले उक्त मोबाइल लोकबहादुरका भाइ नरेशको साथबाट बरामद गरेको छ । मोबाइल बरामद भएपछि घटनामा उनको पनि संलग्नताको आशङ्का गरिएको प्रहरी स्रोतले बतायो । यद्यपि त्यसको पुष्टि भने प्रहरीले गरिसकेको छैन । 

प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसी घटनाको अनुसन्धानका लागि आफै घटनास्थलमा पुगेका थिए । उनकै नेतृत्वमा भएको अनुसन्धानपछि अभियुक्त लोकबहादुरलाई पक्राउ गर्न प्रहरी सफल भएको थियो । हत्यापछि सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का डिएसपी रुगम कुँवर, सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीसमेतका प्रहरी अधिकारी घटनाको अनुसन्धानका लागि खटिएका थिए । 

तेजबहादुरसहित परिवारका ५ जनाको हत्या चिर्पट दाउराले हानेर लोकबहादुरले गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । हत्या गर्दा नरेश प्रत्यक्षदर्शी रहेको हुनसक्ने प्रहरीको अनुमान छ । ‘लोकबहादुरले हत्या गर्दै गएको र नरेश पछि–पछि रहेको कुरा आएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘अन्तिममा ८४ वर्षीया पार्वती कार्कीको हत्या गरेर लोकबहादुर घर फर्किएपछि लुक्दै घटनास्थलमा पुगेका नरेशले रञ्जना सुत्ने  कोठामा छिरेर मोबाइल लिएर गएको पाइएको छ ।’ यसअघिको अनुसन्धानमा भने नरेशले घटनाका बारेमा आफूलाई केही पनि थाहा नभएको बताउँदै आएका थिए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved