विप्लवका बडीगार्ड नै ‘बदमास’निस्किएपछि...

  • मंसिर ११, २०७६
  • १७८ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं । सशस्त्र गतिविधिमा लाग्दा लाग्दै विप्लव नेकपाले आफ्ना कमजोरी आफै औंल्याएको छ । क्रान्तिको चापभित्र केही कमजोरी र समस्या आउनु स्वभाविक नै भए पनि अलि बढी नै आन्दोलनलाई क्षति पुर्‍याउने खालका समस्याहरु देखापरेको उसले महसुस गरेको हो ।

पार्टीमाथि प्रतिबन्धपछि आँकलन गरेभन्दा बढी आत्मसुरक्षावादी, आत्मसमर्पणवादी र पलायनवादी समस्याहरु देखापरेको उसको ठहर छ । कार्यकर्तादेखि आरबिएम (राज्य व्युरो सदस्य), सिसिएम (केन्द्रीय सदस्य) र पिबिएम (पोलिट्व्युरो) सम्ममा यी प्रवृत्ति देखिएको उसैले स्वीकार गरेको छ ।

राजनीतिक दस्तावेजमा भनिएको छ, ‘कमरेड सुदर्शन (हेमन्तप्रकाश ओली) लाई गिरफ्तार गराउन उनकै सुरक्षा स्टाफ आशिषले प्रहरी सेल्टरसम्म पुर्‍यायो । उनीसँगै गिरफ्तार भएका रौतहट जिल्ला इन्चार्ज शंकर अधिकारी र कमाण्डर राजीव आत्मसमर्पण गरेर हिरासतबाट निस्किए ।

त्यसपछि एक वर्षदेखि जिम्मेवारीमा नखटेका र पार्टी नीति विपरित बोलेको कारण निलम्बनमा परेका पिबिएम पदम राई सरकारी पार्टीमा छिर्न पुगे । जेलमा परेका बेला पूर्व पिबिएम जीवन्तमा पनि यो समस्या दोहोरियो ।’ आजको जनआस्था साप्ताहिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved