२० सहसचिवको दरबन्दी थप्दै गृह, जसलाई सिडिओका रूपमा खटाइनेछ यी १९ जिल्लामा

  • मंसिर ११, २०७६
  • १५३ पटक पढिएको
  • न्यू पाटी
alt

गृह मन्त्रालयले २० जना सहसचिवको दरबन्दी थप्न प्रक्रिया अघि बढाएको छ।संघीयताको मर्मविपरीत केन्द्रमा आवश्यकताभन्दा बढी कर्मचारी राखिएको भन्दै प्रदेश, स्थानीय तह र प्रशासनविद्हरूले आलोचना गरिरहेका बेला सो प्रक्रिया अघि बढाइएको हो।

मंसर ३ गते बसेको मन्त्रिपरिषद् बैठकले गृहमा थप २० सहसचिव दरबन्दी थप्ने प्रस्ताव स्वीकृत गरेको खबर आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन्।

प्रस्ताव स्वीकृत भएसँगै सहसचिव थप्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। दरबन्दी थप भएसँगै अब गृहले थ १९ जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा सहसचिवलाई खटाउने मन्त्रालयका सचिव प्रेमकुुमार राईले जानकारी दिए।

मन्त्रालयका अनुसार सहसचिवलाई प्रजिअ बनाउन लागिएका जिल्लाहरूमा पाँचथर, भोजपुर, खोटाङ, संखुवासभा, ओखलढुंगा, दोलखा, रामेछाप, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, सल्यान, जुम्ला, रोल्पा, बैतडी, जाजरकोट, दैलेख, डडेल्धुरा र अछाम छन्।

यसैगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सहसचिव दरबन्दी सिर्जना गर्न लागिएको छ। अहिले ती जिल्लामा उपसचिवलाई खटाइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved