१२ वर्षअघि आफ्नो मिर्गौला दिने अन्जानले ओलीलाई भेटेपछि यसो भनिन्...

  • मंसिर ११, २०७६
  • १६० पटक पढिएको
  • न्यू पाटी
alt

शिक्षण अस्पतालको सघन कक्षमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जानेहरुमा अन्जान घिमिरे पनि थिइन्।

शय्यामा पल्टिरहेका ओलीलाई देखेपछि उनलाई आँखामा १२ वर्षअघिको सम्झना सजीव भएर चलमलाउन थाल्यो। आजको कान्तिपुर दैनिकमा घनश्याम खड्काले यो समाचार लेखेका छन्।

त्यसबबेला उहाँ यसैगरी ओछ्यान पर्नु भएको थियो,’ अन्जान घिमिरेले भनिन्, ‘दाइ के भयो भनेर मैले सोधेपछि उहाँले मेरा दुबै मिर्गौला चल्न छाडे नानी भन्नुभएको थियो।’

त्यस बेला अन्जानको मनमा एक अज्ञात प्रेरणा जाग्यो, जेठाजुलाई आफ्नै मिर्गौला दिएर बचाउने। आमा भएको १५ महिना लाग्दै गरेकी अन्जान त्यतिबेला भर्खर २१ वर्ष लागेकी थिइन्।

उनले ओलीलाई आफ्नो मिर्गौला दिएर बचाउने निधो गरिन्। तर, सुरुमा ओलीले मानेनन्।

पत्नि राधिका शाक्यलगायत अन्य आफन्तको रक्त समूह नमिलेपछि ओलीलाई अन्त्यमा अन्जानकै आग्रह स्वीकार्न कर लाग्यो।

०६४ असारको अन्तिम सातातिर अन्जान पतिका साथ लागेर ओली र उनकी पत्नी राधिकासहित भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पताल पुगिन्। उनको मिर्गौलाले ओलीले नयाँ जीवन पाए।

अहिले त्यही मिर्गौलाले काम गर्न छाडेको सुन्दा उनलाई अति नै दुःख लागेको छ।

‘मसँग भएको किड्नीले काम गरिरहेको छ, उहाँलाई दिएको पनि मेरै थियो, त्यसले चाहीँ किन काम नगरेको होला?’ मिर्गौलाको डाइलाइसिस गर्न परिरहेका बेला अचानकको एपेन्डिक्सको शल्यक्रिया गर्नुपर्दा बिस्तरामा परेका जेठाजुलाई सम्झँदा उनका नेत्र सजल भए, ‘अझै त्यसले चार पाँच वर्ष काम दिएको भए हुन्थ्यो नि जस्तो लागिरहन्छ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved