कोपा अमेरिका : उपाधिसँगै मेस्सीले गोल्डेनबुट पनि जिते, उत्कृष्ट गोलकिपर मार्टिनेज

  • असार २७, २०७८
  • ४५८ पटक पढिएको
  • न्यू पाटी
alt

अर्जेन्टिनाको कप्तान लियोनल मेस्सीले कोपा अमेरिका फुटबलमा उपाधिसँगै दुई वटा अवार्ड जितेका छन् । मेस्सीले वेष्ट प्लेयर र सर्बाधिक गोलकर्ताको अवार्ड जितेका हुन् ।  ब्राजिलमा सम्पन्न ४७औं संस्करणको उपाधि अर्जेन्टिनाले जित्दा मेस्सीले चार गोल गरे । सात खेलमा उनले पाँच असिष्ट पनि गरेका छन् ।

 कोलम्बियाका लुइस डियाजले पनि ४ गोल गरेका थिए । तर असिस्टका कारण मेस्सीले सर्वाधिक गोलकर्ताको गोल्डेनबुट विजेतका हुन् ।  मेस्सी ब्राजिलका नेयमारसँगै कोपाको उत्कृष्ट खेलाडी  घोषित भए ।

अर्जेन्टिनाका एमिलियानो मार्टिनेज कोपा अमेरिका २०२१ को उत्कृष्ट गोलकिपर घोषित भएका छन् । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जित्दा गोलकिपर मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरेका थिए ।आइतबार बिहान भएको फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई उसैको मैदानमा १–० ले हराउँदा  मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरे ।

६ वटा खेल खेलेका उनले ४ खेलमा क्लिनसिट राखेका थिए । सेमिफाइनलमा कोलम्बियाविरुद्ध पेनाल्टीसुटआउटमा मार्टिनजले ३ पेनाल्टी रोकेका थिए । अर्जेन्टिनाका एन्जल डी मारिया फाइनल खेलको प्लेयर अफ दि म्याच चुनिए । ब्राजिलविरुद्ध उनले नै २२ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved