पश्चिम बंगालमा भाजपाका एक नेतालाई तृणमूल कांग्रेसका कार्यकर्ताद्धारा कुटपिट

  • मंसिर १०, २०७६
  • १२२ पटक पढिएको
  • एजेन्सी
alt

मंसिर । भारतको पश्चिम बंगालमा तृणमूल कांग्रेसको पहुँच छ । त्यसैले पनि त्यहाँ भारतीय जनता पार्टीका कार्यकर्ता तथा तृणमूल कांग्रेसका कार्यकर्ताबीच ठुलै झडपहरु हुँदै आएका छन् । केही समय अगाडीमात्र भारतमा सम्पन्न आम निर्वाचनको क्रममा पनि पश्चिम बंगालमा यी दुई पार्टीबीच झडपहरु हुँदै आएका छन् । जहाँ कतिपय मानिसहरुको मृत्यु समेत हुने गरेको छ । यसबीच पश्चिम बंगालमा भाजपाका एक नेतालाई तृणमूल कांग्रेसका कार्यकर्ता कुटपिट गरेका छन् ।

भाजपाका उपाध्यक्ष जोय प्रकाश मजुमदर कुटपिट गर्दै लात्ती हानेर झाडीमै फालिदिएका छन् । सोमबार पश्चिम बंगालको करिमनगरमा विधानसभाको उपनिर्वाचनका लागि मतदान भइरहेको थियो। चुनाव उठेका भाजपाका उपाध्यक्षलाई मतदान केन्द्रनजिकै कुटपिट गरिएको हो । मजुमदर मतदान स्थलमा प्रबेश गर्न खोजेपछि तृणमूल कांग्रेसका कार्यकर्ताले नाराबाजी गर्दै फर्कन भनेका थिए । तर उनले त्यसलाई बेवास्ता गरेपछि तृणमूल कांग्रेसका कार्यकर्ताले कुटेका हुन् ।

घटनाको भिडियो यतिबेला निकै भाईरल भईरहेको छ । तृणमूलका नेताहरूले मजुमदरले नै शान्त वातारणको माहोललाई बिगारेपछि घटनाक्रम सृजित भएको बताएका छन् । यता सो घटनाबारे भाजपाले निर्वाचन आयोगलाई पत्रचार गरिसकेको छ । उक्त स्थानमातृणमूल कांग्रसका सांसद परमनाथ रोयको मृत्यु भएपछि उपनिर्वाचन भएको हो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved