इङल्यान्ड युरोकप फुटबल प्रतियोगिताको फाइनलमा

  • असार २४, २०७८
  • ४२२ पटक पढिएको
  • Sangeet Sigdel
alt

चतरा । इङल्यान्डले युरोकप फुटबल प्रतियोगिताको फाइनलमा इटलीसँगको भेट पक्का गरेको छ । बुधवार राति भएको दोस्रो सेमिफाईनल खेलमा डेनमार्कलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इङल्यान्ड फाइनलमा प्रवेश गरेको हो ।

खेलको ३० औं मिनेटमा मिक्केल ड्याम्सगार्डले उत्कृष्ट फ्रिकिक गोलमा डेनमार्कलाई अग्रता दिलाएका थिए । खेलको ३९ औं मिनेटमा बुकायो साकाको क्रस रोक्ने क्रममा डेनमार्कका साइमन केजारले गरेको आत्मघाती गोलको मद्दतमा इङल्यान्डले खेल बराबरी गर्‍यो । निर्धारित समयमा दुबै टिमले गोल गर्न न सक्दा खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

अतिरिक्त समयको १०४ औं मिनेटमा डेनमार्कका जोकिम मुहले इंग्ल्यान्डका रहिम स्टर्लिङलाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। ह्यारी केनले प्रहार गरेको पेनाल्टीलाई डेनमार्कका गोलकिपर कास्परले रोकेता पनि रिबाउन्डमा केनले गोल गर्दै इंग्ल्यान्डलाई २-१ गोलले जित दिलाए।

इंग्ल्यान्ड ५५ वर्षपछि मुख्य प्रतियोगिताको फाइनलमा पुगेको हो। १९६६ को विश्वकपपछि इङल्यान्डले कुनै पनि ठूला प्रतियोगिताको फाइनलमा स्थान बनाउन सकेको थिएन ।

घरेलु मैदानमा हुने फाइनलमा इङल्यान्डले जित निकालेर पहिलो युरो कप उचाल्ने होडमा छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved