दुई हेभिवेटको भिडन्त : इटालीको अपराजित यात्रामा बेल्जियमको चुनौती

  • असार १८, २०७८
  • २६८ पटक पढिएको
  • न्यू पाटी
alt

दुई महारथी टोली इटाली बेल्जियम आज यूरो २०२० को सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दैछन् । दुई टोली मुख्य प्रतियोगिताको नकआउट चरणमा भिड्न लागेको यो पहिलो अवसर हो । 

थोर्गान हजार्डले उत्कृष्ट गोल गर्दै साबिक विजेता पोर्चुगललाई अन्तिम १६ मा पच्छ्याएर बेल्जियम​ क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको हो । तर, उक्त जीत बेल्जियमका लागि महँगो साबित भएको छ । स्टार खेलाडी केभिन डी ब्रुयना र इडेन हजार्ड चोटग्रस्त हुँदै मैदान छाड्न बाध्य बनेका छन् ।
 
फुटबल पण्डितहरू डी ब्रुयना र हजार्डको अनुपस्थित बेल्जियमका लागि समस्या हुन सक्ने बताउँछन् । डेनमार्कविरुद्ध दुई खेलाडीले सुरुवात नगर्दा पहिलो हाफमा बेल्जियम आक्रामक खेल प्रदर्शन गर्न सकेको थिएन । तर, प्रतियोगितामा चार जीत र तीन क्लिन सीट राखेको बेल्जियम अर्को चरणमा पुग्नका लागि आत्मविश्वासी रहेको छ ।
 
यता, इटाली कीर्तिमानी ३१ खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको पनि अन्तिम १६ मा भने इटालीले अस्ट्रियाको कडा चुनौतीको सामना गर्नुपरेको थियो । अतिरिक्त समयमा २–१ ले विजयी बन्दै टोली क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।  इटालीको अपराजित यात्रालाई बेल्जियमले कडा चुनौती दिने अपेक्षा गरिएको छ ।
 
सम्भावित ११ 

बेल्जियम : कोर्टवा, एल्डरवियर्ल्ड, भर्मालिन, भेर्टोन्गेन, थोर्गान हजार्ड, विटसल, टेलीमान्स, मुनियर, एडिन हजार्ड/मर्टेन्स, लुकाकु, कारास्को/डी ब्रुयना

खेल्नेमा शंका : हजार्ड, डी ब्रयुना

इटाली : डोनारुम्मा, डी लोरेन्जो, बोनुची, चिलेनी, स्पिनाजोला, बारेला, जोर्गिन्हो, भेराटी, चिएसा, इमोबाइल, इन्सिग्ने

खेल समय : राति १२:४५ बजे

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved