युरोकप : जर्मनीविरुद्ध इंग्ल्यान्डको शानदार जित

  • असार १६, २०७८
  • २९० पटक पढिएको
  • न्यू पाटी
alt

जर्मनीलाई हराउँदै इंग्ल्यान्ड युरोकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।मंगलबार राति घरेलु मैदानमा भएको राउण्ड अफ १६ को खेलमा जर्मनीलाई २–० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड युरोकपको अन्तिम ८ मा स्थान बनाउन सफल भएको हो।

 

निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने सुन्दर मौका गुमाउँदा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।खेलको ७५ औँ मिनेटमा फरवर्ड रहिम स्टर्लिङले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

रहिमले २० अन्तर्राष्ट्रिय खेलमा १५ गोल गर्न सफल भएका हुन्। खेलको ८६ औँ मिनेटमा कप्तान ह्यारी केनले अग्रता दोब्बर पारे। केनले जारी युरोकपमा पहिलो गोल गरेका हुन्।खेलमा थप गोल हुन सकेन र इंग्ल्यान्ड युरोकपको क्वार्टरफाइनलमा पुगेको हो।

इंग्ल्यान्डले क्वार्टरफाइनलमा आजै हुने दोस्रो खेलको विजेतासँग खेल्नेछ।आज राति पौने १ बजे हुने खेलमा स्वीडेन र युक्रेन भिड्दै छन्। योसँगै युरोकपको क्वार्टरफाइनल समीकरण पूरा हुनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved