इटहरी उपमहानगरको आठौ नगरसभा : १ अर्व ९५ करोड ४० लाखको पुरक बजेट

  • चैत्र ३, २०७७
  • ४३० पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । इटहरी उपमहानगरको आठौ नगरसभाको वैठकले आर्थिक बर्ष २०७७÷७८को पुरक वजेट पारित गरेको छ । नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भएको वैठकले १ अर्व ९५ करोड ४० लाखको संसोधित पूरक आय ब्यय अनुमान पारित गरेको हो ।

अस्ति फागुन १४ गते उपप्रमुख लक्ष्मी गौतमले पुरक वजेट सभामा पेश गर्नुभएको थियो । यसैगरि आजको वैठकले विनियोजन ऐन संसोधन विधेयक र आर्थिक ऐन संसोधन विधेयक पारित गरेको छ ।

विधेयक माथि भएको छलफलमा नगरसभा सदस्य गणेश खत्रीले भाग लिनुभयो । छलफलमा उठेका प्रश्नको उपप्रमुख लक्ष्मी गौतमले जवाफ दिनुभयो ।

नगरसभाको आजको वैठकमा उपप्रमुख गौतमले इटहरी उपमहानगरका कर्मचारीको तह तथा स्तरवृद्धि सम्वन्धमा ब्यवस्था गर्न वनेको विधेयक २०७७ र इटहरी उपमहानगरका कर्मचारीको स्थायी तथा करार नियुक्ति गर्ने सम्न्धमा ब्यवस्था गर्न वनेको विधेयक २०७७ पेश गर्नुभएको छ । अर्को वैठक चैत ३ गते दिउसो ३ वजे वस्ने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved