लेटागं नगरपालिकाका जनप्रतिनिधिले कार्यभार समालेको एक सय दिन पुरा

  • भदौ ३०, २०७९
  • २०८ पटक पढिएको
  • न्यू पाटी
alt

लेटाङ । स्थानीय तहमा जनप्रतिनिधिहरुले कार्यभार समालेको एक सय दिन पुरा भएको छ । मोरङ्ग जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लेटागं नगरपालिकाका जनप्रतिनिधिले कार्यभार समालेको एक सय दिन पुरा भएसंगै सुरुवाती दिनमा गरेका गतिविधिहरुका विषयमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट विजयी भएका लेटागं नगरपालिका का जनप्रतिनिधिहरुले गत जेठ ९ गते पदभार ग्रहण गरेपछि नगरक्षेत्रमा गरिएका गतिविधिहरुका विषय केन्द्रीत पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

नगरलाई सुशासन कायम गर्ने काम गर्दै आएको, फजुल खर्च कम गर्ने काम गर्दै आएको साथै नगरले गर्न कामलाई पारर्दशी वनाउन ऐन नियम वनाउने तथा संशोधन गर्ने काम गरेर त्यसकै जगमा उभियर काम गर्ने लेटागं नगरपालिका प्रमुख भुपेन्द्रसुन्दर लावती वताउछन ।

लेटाङ नगरपालिकाले बालिका शिक्षा कार्यक्रम अन्तरगत पहाडी भेगमा पर्ने वडा नम्बर १,७ र ८का छात्राहरुलाई बार्षिक २हजार रुपैयाका दरले १६ किस्ता सम्म उच्च शिक्षा हासिलका लागि बैक खाता सञ्चालनमा ल्याउने कामको थालिन गरिसकेको उपप्रमुख कृष्णकुमारी निरौलाले जानकारी दिइन । उनले कृषि प्रयोगशाला र भेटनरी अस्पताल सुचारु गर्न काम भईरहेको समेत वताइन ।

निर्धारित समयमै आर्थिक वर्ष ०७९÷०८० को बजेट प्रस्तुत गरेको र सर्वपक्षिय रुपमा सुझाव संकलन गरी बजेत तयार पारिएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमीरे वताउछन । उनले ७८करोड ६३लाख २० हजार रुपैयाको बजेट ल्याएको र बजेट कार्यान्वयनको लागि सबैसंग आग्रह समेत गरे ।

यसका साथै लेटागं नगरपालिकाले गर्दैै आएका अन्य कामहरु साथै आगामी दिनका योजनाहरुका विषयमा समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । सोही अवसरमा नगरको कार्यक्रम तथा नीति पुस्तिका विमोचन समेत गरियो ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
सुनसरी ४ को मतगणना स ...

सुनसरी : सुनसरी ४ को मतगणना सुरु भएको छ । तीन दिनदेखि रोकिएको मतगणा पुन सुरु भएको हो । प्रतिनिधिसभा ...

राष्ट्रिय माध्यमिक व ...

सुनसरी : राष्ट्रिय माध्यमिक विद्यालय इटहरी आँपगाछीले आफनो ६७औं वार्षिकोत्सवको अवसर पारेर शिक्षा क्षे ...

सुनसरी निर्वाचन क्षे ...

सुनसरी : नेपाली कांग्रेस सुनसरीका सभापती केदार कार्कीले प्रतिनिधि सभा अन्तरगत सुनसरी निर्वाचन क्षेत् ...

मुख्य खबरहरु
सबै
सुनसरी ४ को मतगणना स ...

सुनसरी : सुनसरी ४ को मतगणना सुरु भएको छ । तीन दिनदेखि रोकिएको मतगणा पुन सुरु भएको हो । प्रतिनिधिसभा ...

राष्ट्रिय माध्यमिक व ...

सुनसरी : राष्ट्रिय माध्यमिक विद्यालय इटहरी आँपगाछीले आफनो ६७औं वार्षिकोत्सवको अवसर पारेर शिक्षा क्षे ...

सुनसरी निर्वाचन क्षे ...

सुनसरी : नेपाली कांग्रेस सुनसरीका सभापती केदार कार्कीले प्रतिनिधि सभा अन्तरगत सुनसरी निर्वाचन क्षेत् ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2022 - Newpati.com - All rights reserved