अब विद्युत् महसुल १० युनिटसम्म ३० रूपैयाँ मात्रै!

  • पुस २१, २०७६
  • ५०२ पटक पढिएको
  • न्यू पाटी
alt

नेपाल विद्युत् प्राधिकरणले १० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई ३० रुपैयाँ मात्रै लिने गरी शुल्क निर्धारण गर्ने तयारी गरेको छ।

प्राधिकरणको सञ्चालक समितिको आइतबार बसेको बैठकमा यसबारे छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए। १० युनिटभन्दा कम विद्युत् खपत गर्ने ग्राहकको संख्या करिब ७ लाख रहेको उनले बताए।

‘यी ग्राहकलाई सेवा शुल्कबापत ३० रुपैयाँ मात्रै लिएर विद्युत् दिँदा प्राधिकरणलाई मासिक करिब २५ लाख भार भर्छ,’ मन्त्री पुनले भने, ‘प्राधिकरणले निर्माण गरिरहेका आयोजना पूरा भइरहेका छन्। यिनले प्राधिकरणको आम्दानी बढाइरहेकाले घाटा पर्दैन।’ यो खबर आजको कान्तिपुरमा दैनिकमा छापिएको छ।

अहिले लागू भइरहेको विद्युत् महसुल परिमार्जनका विषयमा पनि छलफल भइरहेको उनले जनाए। सय मेगावाटसम्म विद्युत् खपत गर्ने ग्राहकका लागि पनि शुल्क घटाउने तयारी रहेको उनले बताए। विद्युत् खपत बढाउने हिसाबले शुल्क परिमार्जन गर्न लागिएको मन्त्री पुनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved