प्रसूती गराउँदा एकै रात तीन शिशुको मृत्यु

  • पुस २१, २०७६
  • ४११ पटक पढिएको
  • न्यू पाटी
alt

शल्यक्रिया गरी प्रसूती गराउने क्रममा सिरहाको लहानस्थित सप्तऋषि अस्पतालमा एकै रातमा तीनजना नवजात शिशुको मृत्यु भएको छ।

सप्तरीको बलानबिहुल गाउँपालिक ३ दुधैला गाउँकी ३० वर्षीया संगीता साह, सिरहाको औरही गाउँपालिका १ दरहैया गाउँकी प्रमिला यादव र सखुवानन्कारकट्टी गाउँपालिका ३ दिनाजपुर गाउँकी जानकी यादवको शिशुको शुक्रबार राति मृत्यु भएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

गर्भवती संगीतालाई आफन्तले प्रसूती व्यथाले च्यापेपछि एम्बुलेन्समार्फत् लहानस्थित सप्तऋषि अस्पतालमा शुक्रबार साँझ भर्ना गरेका थिए।

सामान्य अवस्थामा रहेपनि चिकित्सकले शल्यक्रिया गर्नुपर्छ भन्दै शल्यक्रिया कक्षमा लगेर शल्यक्रिया गर्दै गर्दा शिशुको मृत्यु भएको उनले बताइन्।

त्यही रात प्रमिला र जानकीको पनि शल्यक्रिया गरेर शिशु निकालेपछि मृत्यु भएको हो।

सामान्य अवस्थामा प्रसूतीका लागि भर्ना भएका तीनै जना महिलाको शिशुको एकै रात मृत्यु हुनुमा चिकित्सकको लापार्वाही रहेको पीडित परिवारले आरोप लगाएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved