सेन्ट जेभियर्स सेकेण्डरी इंगलिस स्कुलको २५औं अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • फाल्गुन ९, २०८०
  • ३०८ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : सुनसरी सेन्ट जेभियर्स सेकेण्डरी इंगलिस स्कुल इटहरीले विविध कार्यक्रमको आयोाजना गरी २५औं अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम गरेको छ ।

स्कुलका संस्थापक प्रिन्सिपल कविन्द्र मण्डलको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख द्रोण प्रसाद दाहालको प्रमुख आथित्यमा अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न शैक्षिक तथा प्रविधिका सामाग्रीहरु वनाएर प्रर्दशन गरेका थिए भने विभिन्न सास्कृतिक कार्यक्रम सहित प्रहसन पनि विद्यार्थीहरुले देखाएका थिए । सोही अवसरमा इटहरी क्षेत्रमा सामाजिक विकासमा योगदान पुर्याएको भन्दै राजकुमार तामागं र राजु केसीलाई सम्मान गरियो ।

अभिभावक दिवसमा सहभागी अभिभावकहरुलाई नै प्रतिस्पर्धि वनाएर म्युजिकल चेयर र हाजिरी जवाफ प्रयोगिता समेत आयोजना गरियो । त्यसै गरी शैक्षिक तथा विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरियो । कार्यक्रममा नागरिक समाज इटहरीका पुर्व अध्यक्ष तथा राजा क्लवका अध्यक्ष सन्तवहादुर डुम्जन , प्याब्सन कोशी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र दाहाल , समाजसेवी कमल राई लगायतका अथितीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved