इटहरी : भाषाविद प्राध्यापक डाक्टर चुडामणी बन्धु र प्राज्ञ बरिष्ठ गायक ,संगीतकार लेखक बुलु मुकारुङ्गलाई इटहरीमा सम्मान गरिने भएको छ ।
स्व।धरणीधर दाहालको ९७ औं जन्मजयन्तीको अवसरमा इटहरी साहित्यिक समुह र धरणीधर दाहाल स्मृति प्रतिस्ठानले भाषाविद चुडामणी बन्धुलाई यही फागुन ५ गते नगद ५०,५० हजार सहित ताम्रपत्रले सम्मान गर्ने जनाइएको हो ।
इटहरी साहित्यिक समुह र धरणीधर दाहाल स्मृति प्रतिष्ठानले वि.स.२०७१ साल देखि धरणीधर दाहालको स्मृतिमा पुरस्कार तथा सम्मान गर्दै आएको प्रतिष्ठानका संयोजक ज्ञानेन्द्र दाहालले जानकारी दिए । उनले भाषा ,साहित्य, कला , पत्रकारिता तथा समाजसेवीहरुलाई पुस्कृत र सम्मान गर्ने प्रतिष्ठानको नीति अनुसारमा देश विदेशमा रहेकाहरुलाई समेत सम्मान गरिसकेको वताए ।
शिक्षाविद चुडामणी बन्धुले नेपाली भाषा , लोक संस्कृतिको अध्ययन अनुसन्धानमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा प्राज्ञ बरिष्ठ गायक ,संगीतकार लेखक बुलु मुकारुङ्गलाई समेत ५० हजार पुरस्कार तथा सम्मान गरिने इटहरी साहित्यिक समुहका सचिव जगदिश सापकोटाले जानकारी गराए । सो अवसरमा पत्रकारहरुको जिज्ञासाको जवाफ इटहरी साहित्यिक समुहका अध्यक्ष हेमन्त गौतम र धरणीधर दाहाल स्मृति प्रतिष्ठानका संयोजक ज्ञानेन्द्र दाहालले दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved