राष्ट्रिय मावि इटहरीको ६८औं वार्षिकोत्सव,शिक्षा क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्व ,अभिभावक र विद्यार्थी सम्मानित

  • मंसिर १४, २०८०
  • २३७ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी ।  राष्ट्रिय माध्यमिक विद्यालय इटहरीले आफनो ६८औं वार्षिकोत्सव तथा अभिभावक  दिवसको अवसर पारेर शिक्षा क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान  गरेको छ ।

विद्यालयले वार्षिकोत्सवको अवसरमा अक्षयकोषका दाताहरु साथै शिक्षा क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्व अभिभावक ,विद्यार्थीहरुलाई सम्मान गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर कार्कीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता कुमारी चौधरीको  प्रमुख आतिथ्यमा भएको बार्षिकोत्सव समापन कार्यक्रममा इटहरी उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख फाल्गुणी काफ्ले ,विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेत शिक्षक  बन्दना दाहाल लगायतका शिक्षक शिक्षिका विभिन्न विद्यामा उत्कृष्ट हुने  विधार्थी, विद्यार्थीका अभिभावकहरु लाई  पनि सम्मान गरिएको छ  । 

त्यसै गरी उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विभिन्न  खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई समेत  पुरस्कृत गरियो । कार्यक्रममा  विभिन्न व्यक्तित्वहरुले स्थापना गरेको अक्षयकोषबाट ६७ जना विद्यार्थीलाई छात्रावृत्ति वितरण समेत गरेको छ  । कार्यक्रममा विद्यालयको गतिविधिका विषयमा प्रधानाध्यापक सरनकुमार बस्नेतले जानकारी गराएका थिए ।समापन कार्यक्रममा विद्यार्थीहरुले गित नृत्य लगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने  विद्यालयमा बालबालिका देखि कक्षा १० सम्म ९सय ८३जना विद्यार्थी र कक्षा ११ ,१२मा विज्ञान ,व्यवस्थापन र शिक्षा विषय समुहमा ६सय ७६ जना विद्यार्थी रहेको साथै डिप्लोमा इन सिभिल इन्जिनियरिङ समेतको पठनपाठन हुदैआएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved