जङ्गली हात्तीको आक्रमणबाट इटहरी का रविन खड्काको मृत्यु

मृतकका परिवारलाई उपमहानगरपालिकाले एक लाख क्षतीपूर्ति दिने

  • मंसिर १४, २०८०
  • २८८ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी: जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी वडा नं.२ का रविन खड्काको परिवारलाई उपमहानगरपालिकाले एक लाख रुपैयाँ क्षतीपूर्ति दिने भएको छ । बुधबार राति हात्तीको आक्रमणबाट मृत्यु भएका २५ वर्षे खड्काको परिवारलाई इटहरी उपमहानगरपालिकाले क्षतीपूर्ति दिने भएको हो ।
इटहरीका मेयर हेमकर्ण पौडेलले विहीबार बिहान मृतक खड्काको घर पुगेर क्षतीपूर्ति दिने घोषणा गरेका हुन् ।

इटहरी वडा नं.२ मा जङ्गली हात्ती मानव वस्तीमा प्रवेश गरि विध्वंस मच्चाएको तीन महिना विति सकेको छ । मेयर पौडेलले तत्काल सुरक्षा निकाय र वन रक्षकसहितको टोली बनाएर विहीबार राति देखि नै रात्री गस्ती गरिने जानकारी दिए । सर्वसाधारणको जीउँधनको रक्षा रात्रीकालिन गस्ती गर्न लागिएको हो ।

हात्तीको समूहले मंगलबार बिहान इटहरी वडा नं.२ कै नैनाकुमारी राईको घर भत्काएर क्षती पु¥याएको थियो । दुई महिनाअघि पनि इटहरी वडा नं। २ कै लक्ष्मी राईको घर हात्तीले भत्काएको थियो ।

भारतको पश्चिम वंगाल हुँदै झापाबाट चारकोसे जङगल हुँदै चारकोसे जंगलमा आएर बसेका हात्तीले यसरी आतंक मच्चाउने गरेका हुन् । इटहरीमा चारवटा छावासहित २८ वटासम्म हात्तीले आंतक मच्चाउने गरेका छन् ।

नेपालमा कुल दुई सयदेखि ३३० वटासम्म जङ्गली हात्ती रहेका छन् । यीमध्ये चारकोसे जङ्गल क्षेत्र आसपास हिडडुल गर्ने हात्तीको सङ्ख्या सयदेखि १५० सम्म रहेको हात्ती विज्ञ अशोक रामले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved