इटहरीमा थपिए ३० नगर प्रहरी

  • मंसिर ११, २०८०
  • २६९ पटक पढिएको
  • न्यू पाटी
alt


इटहरी : इटहरी उपमहानगरपालिकामा ३० नगर प्रहरी थपिएका छन । अब उपमहानगरमा नगर प्रहरीको संख्या ४५ पुगेको छ । सोमबार देखि तालिममा सहभागी भएका नगर प्रहरीहरु अब कार्यक्षेत्रमा खटिने छन । २ जना सई ,चार जना हवाल्दार र २४ जना जवान थपिएका हुन । नगर प्रहरीलाई तालिमपछि कार्यक्षेत्रमा खटाईने छ । नयाँ नगर प्रहरीलाई करिब डेढ महिना तालिम दिईनेछ । तालिमको पहिलो चरणमा नगर प्रहरी परिचय तथा मूल्य शिक्षा र संविधान तथा ऐन नियम सिकाईने छ । नगर प्रहरी कार्य र भीड व्यवस्थापन र स्थानीय निकायको काम कर्तव्य र अधिकारबारे प्रशिक्षण गराईने छ । तालिम उद्घाटन समारोहमा उपमहानगर प्रमुख हेमकर्ण पौडेलले नगर प्रहरी थपिँदा उपमहानगरको सुव्यवस्था मजबुत हुने बताए । सडक अतिक्रमण गरेर सडकमा राखेको निमार्ण सामाग्री देखि बजार व्यावस्थापन सम्ममा नगर प्रहरी खटाईने छ । 

इटहरी उपमहानगरको नगर प्रहरी व्यवस्थापन ऐन २०७५ अनुसार नगर प्रहरीलाई महानगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण, उपमहानगरमा हुने विभिन्न सभा, समारोह, स्थानीय जात्रापर्वको सुरक्षा व्यवस्थापन, पार्किङ स्थलको रेखदेख तथा व्यवस्थापनको अधिकार दिईने मेयर पौडेलको भनाई छ । यस्तै, सरसफाइसम्बन्धी मापदण्डको कार्यान्वयन, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णय कार्यान्वयन, सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विपद् व्यवस्थापन, छाडा पशु नियन्त्रण, अनधिकृत निर्माणमा रोक लगायतका जिम्मेवारी नगर प्रहरीलाई दिईने मेयर पौडेलको भनाई छ ।
इटहरी कोशी प्रदेशकै हब भएको भन्दै इटहरीमा नगर प्रहरीको संख्या अझै कम भएको नगर प्रमुख पौडेलको भनाई छ ।

टहरीको मुख्य चोक सँगै भित्री सडकहरुमा समेत नगर प्रहरीहरुलाई जिम्मेवारी दिएर पठाईने इटहरी उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहताले जनाए । इटहरीको बढ्दो जनसंख्याको कारण भिड भाड व्यावस्थापन गर्न अति आवश्यक भईरहेको उनको भनाई थियो । यस अघि १५ जना मात्र नगर प्रहरी थिए । नगर प्रहरीको लागि गाडी समेत खरिद गरिसकेको उपमहानगरले जनाएको छ । तालिम समारोह कार्यक्रममा वोल्दै इलाका प्रहरीका कार्यालय इटहरीका डिएसपी टेकबहादुर कार्कीले नगर प्रहरी थपिएसँगै इटहरी उपमहानगर क्षेत्रमा सहज हुने बताए । थप नगर प्रहरीले बजार व्यवस्थापनमा महत्वपूर्ण सहयोग हुने डिएसपी कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved