मधुमेह भएकाहरुलाई लक्षित गरी रेडक्रस सोसाईटी इटहरीद्धारा आँखा जाँच

  • मंसिर ९, २०८०
  • २५४ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : मधुमेहका विरामीहरुलाई आँखामा समेत समस्या देखिने तर्फ मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाईटी इटहरीले मधुमेह भएकाहरुलाई लक्षित गरी आँखा जाँच शिविर गरेको छ । रामलाल गोल्छा आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोगमा मधुमेहका विरामीहरुलाई लक्षित आँखा जाँच शिविर गरिएको हो ।

आँखा जाँच शिविरमा आएका आँखाका विरामीहरुलाई निशुल्क उपचारका व्यवस्था मिलाइएको आयोजक नेपाल रेडक्रस सोसाइटी इटहरीले जनाएको छ ।
आयोजक संस्थाका सभापति दिनेश भट्टराईले इटहरी क्षेत्रका मधुमेह भएका विरामीहरुलाई निशुल्क रुपमा आँखा जाँचको व्यवस्था मिलाइएको र आँखामा समस्या हुनेहरुलाई निशुल्क औषधी उपचार समेत गरिएको जानकारी गराए । अध्यक्ष भट्टराईले शिविरमा आँखा जाँच गर्न आउनेहरुमा अप्रेशन गर्नु परेमा आफुहरुको समन्वयमा निशुल्क गर्ने व्यवस्था समेत मिलाउने समेत वताए । आँखा शिविरमा १५१ जनाको जांच गर्दा त्यस मध्ये ४७ जनालाई अलि जटिल समस्या भएका लाई रामलाल गोल्छा आँखा अस्पताल बिराटनगरमा उपचार गरिने सचीव सन्जिब ढुंगानाले जानकारी दिए ।


नेपाल रेडक्रस सोसाइटी इटहरीका सभापति भट्टराईको अध्यक्षता तथा पुर्व अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको निशुल्क आँखा जाँच शिविरमा इटहरी क्षेत्रका मधुमेह भएकाहरुले सेवा लिएका थिए । मानवीय सेवाका क्षेत्रमा काम गर्दै आएको नेपाल रेडक्रस सोसाइटी इटहरीले जाडो सुरुवात भएसंगै विपन्न परिवारका विद्यार्थीहरुलाई स्वीटर वितरण गर्ने तयारी समेत गरेको सो अवसरमा जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved