इटहरीमा सामूहिक रुपमा सामाचखेवा मनाईंदै

  • मंसिर ९, २०८०
  • २२२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : आदिवासी थारु समुदायका महिलाहरुले मनाउदै आएको समाचखेवा सुनसरीको इटहरीमा सामूहिक रुपमा समाचखेवा कार्यक्रम गरि मनाइएको छ । थारु महिला सभा इटहरीको आयोजनामा इटहरीको मुख्य चोक पश्चिम लाइन क्षेत्रमा सामाचखेवा सामूहिक  कार्यक्रम गरिएको हो ।
थारु समुदायका महिलाहरुले प्राचीनकालदेखि मनाईँदै आएको समाचकेवाको धार्मिक तथा सांस्कृतिक पक्षहरुका विषयमा जानकारी मुलुक प्रस्तुति समेत समावेस गरेर कार्यक्रम गरियो । हाम्रो भाषा हाम्रो भेष थारु संस्कृति बेस भन्ने नारा साथ मनाइएको सामाचखेवा कार्यक्रममा सहभागी हुन इटहरीका विभिन्न वडाहरुबाट जातिय भेषभुषामा सजिए थारु समुदायका महिलाहरु झाँकी आएका थिए ।

थारु महिला सभा इटहरीकी अध्यक्ष सुनिता कुमारी चौधरीको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य अकोश चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा थारु समुदायका महिलाहरुले लगाउने भेषभूषामा सजिएर टाउकोमा समाचकेवा सजाईएको ढाकी डाली र नाङ्लो बोकेर इटहरीको मुख्य चोक क्षेत्र परिक्रमा गरी कार्यक्रम स्थलमा सहभागीहरु पुगेका थिए ।

कार्यक्रममा पौराणीका नृत्य समेत प्रदर्सन गरियो । समाचकेवा सजाईएको ढाकी डाली वा नाङ्लोलाई थारु समुदायका महिलाहरुले भोलि साँझपख तलाउ पोखरी, खोला वा पानी भएको स्थानमा लगेर विधिपूर्वक विसर्जन गरी यस वर्षको समाचकेवा समापन गर्दछन । कार्यक्रम थारु महिला सभा सुनसरीकी अध्यक्ष शुशिला लेखी लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved