काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले छठपर्वका अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना व्यक्त गरेका छन ।।
छठका अवसरमा आज दिनुभएको शुभकमना सन्देशमा राष्ट्रपतिले विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, हटाएर राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्न यस पर्वले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन ।
प्रकृतिको पूजा गरिने छठपर्वले समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुग्ने राष्ट्रपतिको विश्वास छ ।
यसैगरि छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले भाषा, कला, संस्कृति, चाडपर्व, भेषभुषा र सभ्यताका दृष्टिले नेपालीहरू विश्वमै विशाल र वैभवशाली रहेको बताएका छन।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved