इजरायलमा आक्रमणमा ज्यान गुमाएका पाँच जनाको शव इजरायलस्थित नेपाली दूतावासलाई हस्तान्तरण

  • आश्विन २९, २०८०
  • २३६ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : इजरायल सरकारले इजरायलमा आक्रमणमा ज्यान गुमाएका १० नेपालीमध्ये पाँच जनाको शव इजरायलस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेको छ ।

दूतावासका अनुसार नारायणप्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशीष चौधरीको शव प्राप्त भएको छ । प्राप्त शव नेपाल पठाउन आवश्यक समन्वय भइरहेको दूतावासले जनाएको छ । दूतावासले आक्रमणपछि सम्पर्कविहीन रहेका विपीन जोशीको अवस्था अझै अज्ञात रहेको जनाएको छ । उनको खोजीकार्य तीव्र पारिएको जानकारी दिइएको छ ।

दूतावासका अनुसार आक्रमणमा परी घाइते भएका चारजनामध्ये दुईजना अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरूमध्ये एकजना नेपाल आइसकेका छन् । अर्का एकजना दूतावासको हेरचाहमा छन् । दुईजना अझै अस्पतालमा उपचाररत रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
राष्ट्रिय मावि इटहरी ...

इटहरी ।  राष्ट्रिय माध्यमिक विद्यालय इटहरीले आफनो ६८औं वार्षिकोत्सव तथा अभिभावक  दिवस ...

जङ्गली हात्तीको आक्र ...

इटहरी: जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी वडा नं.२ का रविन खड्काको परिवारलाई उपमहानगरपालिका ...

ग्याँस सिलिण्डरबाट ह ...

इटहरी : ग्याँस सिलिण्डरबाट हुन सक्ने दुर्घटना न्युनिकरणमा उपभोक्तालाई सचेतना गराउने उद्धेश्यले प्रिम ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved