इटहरी : विजया दशमी ,शुभ दिपावली तथा छैठ पर्वको अवसर पारेर नेपाल दशनामी समाज इटहरीले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।
नेपाल दशनामी समाजका केन्द्रीय उपाध्यक्ष तेजवहादुर पुरीको प्रमुख आतिथ्य तथा समाजका इटहरी अध्यक्ष डिल्लीराम गिरीको अध्यक्षतामा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको हो ।
सोही अवसर पारेर दशनामी समाज कल्याण कोषको तेस्रो वार्षिक साधारण सभा समेत आयोजना गरियो । सो अवसरमा दशनामी समाज कल्याण कोषका अध्यक्ष नविन गिरीले कोषको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । चाडपर्व केन्द्रित शुभकामना आदान प्रदान कार्यक्रममा हर्सोउल्साका साथ चाडपर्व मनाउन साथै आफनो शारिरीक तथा आर्थिक अवस्था हेरेर मनाउनु पर्नेमा बक्ताहरुले जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved