इटहरी : दशैंको अवसर पारेर इटहरीमा रहेको निःसहाय बालबालिका सेवा आश्रममा आश्रय लिदै आएका बालबालिकाहरुलाई किवानिज क्लव अफ इटहरीले जुत्ता उपलव्ध गराएको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको निःसहाय वालवालिका सेवा आश्रमका बालबालिकाहरुलाई बालबालिकासंग किवानिजको दशैं शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरि बालबालिकालाई जुत्ता उपलव्ध गराइएको हो ।
क्लवकी अध्यक्ष मनिता तामागंले चाडपर्वको समयमा आश्रममा बस्दै आएका बालबालिकाहरुलाई केही सहयोग गरौं भनेर ५०जोर जुत्ता उपलव्ध गराएको जानकारी दिइन ।
उनले किवानिज क्लव अफ इटहरीले समयसमयमा रक्तदान तथा विभिन्न विद्यालयमा विद्यार्थीलाई विद्यालय आवतजावतमा सहज होस भनेर साइकल समेत वितरण गर्दै आएको वताइन । बालबालिकाहरुलाई जुत्ता वितरण कार्यक्रममा किवानिज क्लव अफ इटहरीका शारदा विष्ट , सन्तोष कटुवाल , बासुदेव खड्का , मेनुका थापा लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved