सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने

  • आश्विन २४, २०८०
  • १४९ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । सरकारले निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल पठाउन लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका छन ।

इजरायलमा मृत्यु भएका नेपाली १० जनाको शव ल्याउन र नेपाली विद्यार्थीको उद्धार गर्ने सरकारले यस अघि नै निर्णय गरेको थियो । उडान अनुमति नपाउँदा उद्धारमा ढिलाइ भएको थियो । इजरायलमा रहेका नेपालीकोबारे परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेश मन्त्रीसँग टेलिफोन कुराकानी समेत गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
राष्ट्रिय मावि इटहरी ...

इटहरी ।  राष्ट्रिय माध्यमिक विद्यालय इटहरीले आफनो ६८औं वार्षिकोत्सव तथा अभिभावक  दिवस ...

जङ्गली हात्तीको आक्र ...

इटहरी: जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी वडा नं.२ का रविन खड्काको परिवारलाई उपमहानगरपालिका ...

ग्याँस सिलिण्डरबाट ह ...

इटहरी : ग्याँस सिलिण्डरबाट हुन सक्ने दुर्घटना न्युनिकरणमा उपभोक्तालाई सचेतना गराउने उद्धेश्यले प्रिम ...

मुख्य खबरहरु
सबै
राष्ट्रिय मावि इटहरी ...

इटहरी ।  राष्ट्रिय माध्यमिक विद्यालय इटहरीले आफनो ६८औं वार्षिकोत्सव तथा अभिभावक  दिवस ...

जङ्गली हात्तीको आक्र ...

इटहरी: जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी वडा नं.२ का रविन खड्काको परिवारलाई उपमहानगरपालिका ...

ग्याँस सिलिण्डरबाट ह ...

इटहरी : ग्याँस सिलिण्डरबाट हुन सक्ने दुर्घटना न्युनिकरणमा उपभोक्तालाई सचेतना गराउने उद्धेश्यले प्रिम ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved