इटहरी : बालबालिकाहरुले प्रारम्भिक शिक्षा हासिल गर्ने बाल विकास केन्द्रलाई अझ व्यवस्थित वनाउन सहयोग पुर्याउने उद्धेश्यले सुनसरीको इटहरीमा आयोजित दुई दिने कार्यशाला सम्पन्न भएको छ ।
भ्वाइस अफ चिल्ड्रेनको आयोजना ,इटहरी उपमहानगरपालिकाको समन्वय तथा पार्कटेज फ्रान्सको सहयोगमा सञ्चालित प्रारम्भिक बाल विकास केन्द्र व्यवस्थापन सम्वन्धी दुई दिने कार्यशाला सम्पन्न भएको हो । इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगिता चौधरीको प्रमुख आतिथ्यमा सम्म कार्यशालामा सहभागी इटहरी क्षेत्रका १०वटा विद्यालयलाई बाल विकास केन्द्रका लागि बालशिक्षाका लागि सहयोगी सामाग्रीहरु वितरण गरियो । विद्यालयहरुलाई बाल शिक्षाका लागि विभिन्न १सय २० थान सामाग्रीहरु प्रत्येक विद्यालयलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक भरत थापाले जानकारी दिए । विद्यालयहरुलाई कार्यक्रमका अतिथीहरु इटहरी उपमहानगरपालिका सामाजिक विकास महाशाखाकी प्रमुख भोजकला दवाडी , शिक्षा महाशाखाकी उमा दहाल लगायतले वितरण गरेका थिए ।
इटहरी क्षेत्रका दश वटा विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ,प्रध्यानाध्यापक , वालशिक्षा अध्यापन गराउने शिक्षका लगायत ३६ जनाको सहभागिता रहेका कार्यशालामा उमा घिमीरेले बालबालिकालाई कसरी पढाउने , नेपाल सरकारले बालविकास केन्द्र सञ्चालनका लागि वनाएको मापदण्ड के छ लगायतका विषय केन्द्रीत सहजिकरण गरेकी थिइन । भ्वाइस अफ चिल्ड्रेल बालबालिका शिक्षा , स्वास्थ्य लगायतका शारिरीक तथा मानसीक विकास केन्द्रित विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved