सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु

  • आश्विन १८, २०८०
  • २५२ पटक पढिएको
  • न्यू पाटी
alt

कपिलवस्तु : कपिलवस्तुमा सर्पले डस्दा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको छ । मंगलबार राति सर्पले डसेर घाइते भएका बाणगङ्गा नगरपालिका– ९ भलवाडका उनीहरुको उपचारको क्रममा बुधबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

भलवाड निवासी ३ वर्षीया रीतिका क्षेत्रीको बिहान र ८ वर्षीया इशिका क्षेत्रीको भने साँझ करिब ६ बजे मृत्यु भएको प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. नेत्रबहादुर रानाले बताए  ।

उनीहरुलाई गए राति घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको बुबा मोतीलाल क्षेत्रीले बताए । सर्पले डसेको थाहा पाएपछि दुबैलाई बिहान ४ बजे उपचारका लागि कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेमा लगिएको थियो ।

तर त्याहा उपचार हुन नसकेपछि उनीहरलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको भएपनि दुबैको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
राष्ट्रिय मावि इटहरी ...

इटहरी ।  राष्ट्रिय माध्यमिक विद्यालय इटहरीले आफनो ६८औं वार्षिकोत्सव तथा अभिभावक  दिवस ...

जङ्गली हात्तीको आक्र ...

इटहरी: जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी वडा नं.२ का रविन खड्काको परिवारलाई उपमहानगरपालिका ...

ग्याँस सिलिण्डरबाट ह ...

इटहरी : ग्याँस सिलिण्डरबाट हुन सक्ने दुर्घटना न्युनिकरणमा उपभोक्तालाई सचेतना गराउने उद्धेश्यले प्रिम ...

मुख्य खबरहरु
सबै
राष्ट्रिय मावि इटहरी ...

इटहरी ।  राष्ट्रिय माध्यमिक विद्यालय इटहरीले आफनो ६८औं वार्षिकोत्सव तथा अभिभावक  दिवस ...

जङ्गली हात्तीको आक्र ...

इटहरी: जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी वडा नं.२ का रविन खड्काको परिवारलाई उपमहानगरपालिका ...

ग्याँस सिलिण्डरबाट ह ...

इटहरी : ग्याँस सिलिण्डरबाट हुन सक्ने दुर्घटना न्युनिकरणमा उपभोक्तालाई सचेतना गराउने उद्धेश्यले प्रिम ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved