इटहरीमा जितिया विशेष आयोजना

  • आश्विन १८, २०८०
  • ३०८ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : पुर्वी तराईमा वसोवास गर्ने थारु समुदायका महिलाहरुले सन्तानको सुख शान्ती र दिर्घायुको कामना गर्दै जितिया पर्व धुमधामका साथ मनाउने गरेका छन् । सोही अवसरमा सुनसरीको इटहरीमा जितिया विशेष मौलिक प्रवद्र्धन सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । थारु समुदायको कला ,भाषा ,संस्कृतिको संरक्षण र प्रवद्र्धनमा जोड दिदै थारु महिला सभा सुनसरीले जितिया विशेष मौलिक प्रवद्र्धन सांस्कृति कार्यक्रमको आयोजना गरेको हो ।

कोशी प्रदेश सभा सदस्य सुनिता गच्छदारको प्रमुख आतिथ्य तथा थारु महिला सभा सुनसरीकी अध्यक्ष सुशिला लेखीको अध्यक्षतामा आयोजित जितिया विशेष मौलिक प्रवद्र्धन सांस्कृतिक कार्यक्रममा थारु समुदायका कला ,भाषा ,भेषभुषा , परम्परा 
सस्कृति संरक्षणमा बक्ताहरुले जोड दिएका थिए । सोही अवसरमा विभिन्न क्षेत्रका थारु अगुवाहरुलाई सम्मान गरिएको छ ।

यसरी सम्मानीत हुनेहरुमा प्रतिनिधिसभा सदस्य कल्पना गच्छदार , कोशी प्रदेश सभा सदस्य सुनिता चौधरी , इटहरी उपमहानगरपालिका उपप्रमुख संगिता चौधरी ,कलाकारहरु अनुमा चौधरी , कुलदिप चौधरीर सुनिल चौधरी लगायत लाई कार्यक्रममा सममान गरिएको छ । कार्यक्रममा थारु भाषाका विभिन्न गित संगीत सहित प्रहसनहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा विभिन्न ठाउँहरुबाट आएका थारु समुदायका मानिसहरुको उल्लेखनिय सहभागिता रहेको थियो । सुनसरीमा थारु समुदायको उल्लेखनीय जनसंख्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved