इटहरीमा संयुक्त अनुगमन ,म्याद गुज्रिएका सामानहरु नष्ट,अखाद्यय पदार्थ मिसावट नगर्न व्यवसायीहरुलाई आग्रह

  • आश्विन १५, २०८०
  • १७४ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अनुगमन टोलीले तत्काल म्याद गुज्रिएका सामानहरु नष्ट गरि व्यवसायीलाई सचेत गराइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको अगुवाईमा इटहरीको संगित चोक, पारुहागं चोक , धरान लाईन लगायतका ठाउहरुमा बजार अनुगमनका क्रममा केही पसलहरुमा म्यादगुज्रिएका सामानहरु फेलापछि नष्ट गरिएको हो ।

चाडपर्वको समयमा उपभोक्ताहरु नठगीउनु भनेर गरिएको खाद्यान्न तथा मासु पसलको अनुगमनका क्रममा एउटा मासु पसलमा बासी मासु भेटिएको र केही पसलहरुमा म्याद गुज्रिएका पेय पदार्थहरु फेला परेपछि अनुगमन टोलीले नष्ट गरेको छ । अनुगमनका क्रममा मिठाइ लगातयका अखाद्यय रगं तथा अन्य पदार्थ मिसावट नगर्न व्यवसायीहरुलाई आग्रह गर्दै त्यसो गरेको पाइएका कारवाही गर्ने चेतावनी समेत दिइयो । अनुगमनमा सहभागी उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले चाडबाड नजिकिएको समयमा मुल्य बढिलिने, म्याद गुज्रेको खाध्यन्न बेच्ने गरिएको लगायतका गुनासोहरु उपभोक्ताले गरिरहेको समयमा उद्योग बाणिज्य संघ समेतको सहभागीमा गरिएको अनुगमनमा तेस्तो नपाइएको वताए ।

उनले दर्ता नगरी सञ्चाल गरिएका पसलहरुलाई दर्ता गर्न, मुल्यसुचि राखी सहि मुल्यमा बिक्रि वितरण गर्न आग्रह गरेको समेत जानकारी दिए । जिल्ला प्रशासन सुनसरी , खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरी ,घरेलु तथा साना उद्योग कार्यालय इटहरी लगायतका सरोकारवालाहरुको समेत उपस्थितीमा गरिएको अनुगमनमा व्यवसायीहरुलाई उपभोक्ताहरुको गुनासो नआउने गरी काम गर्न आग्रह गरियो ।vlcsnap-2023-10-02-16h37m52s149

सो क्रममा दशै तिहार नजिकिए सँगै खाध्यान्य, मासु मिठाई पसले भ्याएसम्म अनुगमन गर्ने, अनुगमन प्रबद्र्धनात्मक हुने तर व्यावसायीको ब्यापार स्वस्थकर छैन, उपभोक्ता हितमैत्रि छैन भने मात्रा अनुसार कानुनि कारबाही गरि व्यवहारमा देखाउने अनुगमन टोलिको नेतृत्व गरिरहेका जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत केशव खतिवडाले जानकारी दिए ।

अनुगमनमा इटहरी उपमहानगरपालिका पशुपंक्षी महाशाखाकी डा. नेहा श्रेष्ठ, घरेलु तथा साना उद्योग कार्यालय इटहरीका अधिकृत हरिप्रसाद कोइराला , खाद्य प्विधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीका सृजन जोशी , जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरी अध्यक्ष तेजवहादुर पुरी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
राष्ट्रिय मावि इटहरी ...

इटहरी ।  राष्ट्रिय माध्यमिक विद्यालय इटहरीले आफनो ६८औं वार्षिकोत्सव तथा अभिभावक  दिवस ...

जङ्गली हात्तीको आक्र ...

इटहरी: जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी वडा नं.२ का रविन खड्काको परिवारलाई उपमहानगरपालिका ...

ग्याँस सिलिण्डरबाट ह ...

इटहरी : ग्याँस सिलिण्डरबाट हुन सक्ने दुर्घटना न्युनिकरणमा उपभोक्तालाई सचेतना गराउने उद्धेश्यले प्रिम ...

मुख्य खबरहरु
सबै
राष्ट्रिय मावि इटहरी ...

इटहरी ।  राष्ट्रिय माध्यमिक विद्यालय इटहरीले आफनो ६८औं वार्षिकोत्सव तथा अभिभावक  दिवस ...

जङ्गली हात्तीको आक्र ...

इटहरी: जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी वडा नं.२ का रविन खड्काको परिवारलाई उपमहानगरपालिका ...

ग्याँस सिलिण्डरबाट ह ...

इटहरी : ग्याँस सिलिण्डरबाट हुन सक्ने दुर्घटना न्युनिकरणमा उपभोक्तालाई सचेतना गराउने उद्धेश्यले प्रिम ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved