इटहरी : होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भएको छ ।
उद्योग वाणिज्य संघ इटहरीको सभा हलमा आयोजित साधारण सभाले आर्थिक , सांगठनिक तथा विधान संशोधन गर्ने निर्णय सहित समापन भएको हो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका बरिष्ठ उपाध्यक्ष भिमबहादुर पौडेलको प्रमुख आतिथ्य तथा होटल व्यवसायी संघ इटहरीका कार्यवाहक अध्यक्ष जयप्रसाद उपाध्यायको अध्यक्षतामा साधारण सभा सुरु भएको थियो ।साधारण सभाको खुल्ला सत्रमा होटल व्यवसायी संघ इटहरीका स्थापक अध्यक्ष नारायण तामागंलाई सम्मान गरिएको थियो ।
त्यसै गरी संघ स्थापना देखि निरन्तर रुपमा सदस्यता नविकरण गराउदै आएका १३ होटलहरु सहित उत्कृष्ट काम गर्ने संघका उपाध्यक्ष कृष्ण निरौला , सचिव आरोहण कार्की ,सदस्यहरु विशाल प्रधान,एकराज श्रेष्ठ,शिवकुमार तामाङ,खेमराज राई,राजु श्रेष्ठ लगायतलाई सम्मान गरिएको छ ।
होटल व्यवसायी संघ इटहरीका उपाध्यक्ष कृष्ण निरौलाको संयोजकत्वमा भएको कार्यक्रममा उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली , उद्योग वाणिज्य संघ इटहरीका उपाध्यक्ष विष्णु नारायण डाँगी , रेडिमेट व्यवसायी संघ इटहरीका अध्यक्ष विनोद चोछे , इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्की ,होटल व्यवसायी संघका पुर्व केन्द्रीय सदस्य मणिन्द्र कटुवाल लगायतका अतिथीहरुको सहभागिता रहेको थियो
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved