इटहरी : चीनमा जारी १९ औं एसियन खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपालले मंगोलियालाई २० ओभरको खेलमा २७३ रनले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कुल २० ओभरमा ३ विकेट गुमाएर किर्तिमानी ३१४ रन बनाएको थियो । जवाफमा मंगोलियाले १३.१ ओभरमा सबै विकेट गुमाउँदै ४१ रन मात्र बनाउन सक्यो ।
सो खेलमा नेपालले विभिन्न विश्व किर्तिमान समेत बनाउन सफल भएको छ ।
२० ओभरको खेलमा सर्वाधिक रन: ३१४/३
२० ओभरको खेलमा सबैभन्दा धेरै रनले जित: २७३ रन
२० ओभरको खेलमा आफ्नो इनिङ्गमा सर्वाधिक छक्का: २६
२० ओभरको खेलमा सबैभन्दा थोरै बलमा ५० रन बनाउने खेलाडी: दिपेन्द्र सिंह ऐरी ९ बल
२० ओभरको खेलमा सबैभन्दा थोरै बलमा १०० रन बनाउने खेलाडी: कुशल मल्ल ३४ बल
नेपालको दोस्रो खेल आइतबार माल्दिभ्स संग हुनेछ। खेल नेपाली समय अनुसार बिहान ६:४५ बजे देखि सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved