अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुद्धारा कोशी प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालय इनरुवामा ध्यानाकर्षण

  • आश्विन ७, २०८०
  • २९४ पटक पढिएको
  • न्यू पाटी
alt

इनरुवा : आफूहरुले बचत गरेको रकम सुनसरीको इटहरीमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाले फिर्ता माग्दा नदिएको भन्दै बचतकर्ताहरुले कोशी प्रदेश सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालय इनरुवाको ध्यानाकर्षण गराएका छन ।

लामो समय देखि आफुहरुले गर्दै आएको बचत रकम फिर्ता मागेपनि अम्बे कोशी बचत तथा सहकारीले फिर्ता नदिएको भन्दै पिडितहरुले सहकारी रजिष्टार तथा प्रशिक्षण कार्यालय इनरुवाको ध्यानाकर्षण गराएका हुन । पिडितहरुले प्रदेश सहकारीको कार्यालयमा पुगेर पिडितहरुले अम्बे सहकारी विरुद्ध नारावाजी गरेका थिए । सहकारी पीडितहरुले अम्बे कोशी बचत पीडित सर्घष समिति नै वनाएर आफुहरुले जम्मा गरेको रकम फिर्ता पाउनु पर्ने माग गरेर संघर्ष गर्दै आएका छन ।

उनीहरुले बचतकर्ताको रकम फिर्ता गर , संचालक समितिको तीन पुस्ते सम्पती रोक्का गर, लेखापरिक्षण प्रतिवेदन सार्वजनिक गर, संचालक समिति मुर्दावाद लोखिएको प्लेकार्ड सहित नारावाजी गरेका थिए । सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता नगर्दा पाँच हजार बढी सेवाग्राहीहरू मारमा परेको उनीहरुले दावी गरेका छन ।

बचत रकम फिर्ताको माग गर्दै आएका बचतकर्ताको रकम फिर्ता नदिएर बजारमा दैनिक र साप्ताहिक बचत भने संकलन गरिरहेको उनीहरुको आरोप रहेको छ । बचतकर्ताहरु सहकारीविच वार्ताका लागि आफुहरुले पहल गरिरहेको सहकारी प्रशिक्षण कार्यालयका शिव नेपालले जानकारी दिए । केही महिना देखि बचतकर्ताहरु अम्बे सहकारीमा बचत रकम फिर्ता माग्दै आएका छन ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
राष्ट्रिय मावि इटहरी ...

इटहरी ।  राष्ट्रिय माध्यमिक विद्यालय इटहरीले आफनो ६८औं वार्षिकोत्सव तथा अभिभावक  दिवस ...

जङ्गली हात्तीको आक्र ...

इटहरी: जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी वडा नं.२ का रविन खड्काको परिवारलाई उपमहानगरपालिका ...

ग्याँस सिलिण्डरबाट ह ...

इटहरी : ग्याँस सिलिण्डरबाट हुन सक्ने दुर्घटना न्युनिकरणमा उपभोक्तालाई सचेतना गराउने उद्धेश्यले प्रिम ...

मुख्य खबरहरु
सबै
राष्ट्रिय मावि इटहरी ...

इटहरी ।  राष्ट्रिय माध्यमिक विद्यालय इटहरीले आफनो ६८औं वार्षिकोत्सव तथा अभिभावक  दिवस ...

जङ्गली हात्तीको आक्र ...

इटहरी: जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका इटहरी वडा नं.२ का रविन खड्काको परिवारलाई उपमहानगरपालिका ...

ग्याँस सिलिण्डरबाट ह ...

इटहरी : ग्याँस सिलिण्डरबाट हुन सक्ने दुर्घटना न्युनिकरणमा उपभोक्तालाई सचेतना गराउने उद्धेश्यले प्रिम ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved