इटहरी : नेपाली हिन्दु महिलाहरुले मनाउने महान पर्व हरितालिका तिजको अवसर पारेर इटहरी लेडि जेसिजले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
लेडिज जेसिजले इटहरीको पश्चिम लाईनमा तिज सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । इटहरी लेडि जेसिजले आयोजना गरेको तिज सांस्कृतिक कार्यक्रममा सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख अतिथ्यमा रहेको थियो । इटहरी लेडि जेसिजकी अध्यक्ष सुमित्रा भट्टराईको अध्यक्षता तथा कार्यकारी उपाध्यक्ष रीता राउतको संयोजकत्व रहेको थियो । कार्यक्रममा तिजको ब्रत बसे पनि महिलाहरुले उत्साहजनक रुपमा नाचगान गरेर रमाइलो गरेको महासचिव इन्दिरा काफ्लेले जानकारी दिइन् ।
तिजका अवसरमा विहानै देखि पुजा अर्चनाका लागि शिवालयहरुमा भक्तजनहरुको भिड लागेको देखिन्थ्यो । तिजका अवसरमा महिलाहरुले सांस्कृतिक कार्यक्रम गरी इटहरीका अन्य स्थानहरु साथै इनरुवा, झुम्का लगायतका ठाउँहरुमा पनि मनाइयो । देवकालिन समयमा पार्वतीले महादेवलाई पतिको रुपमा पाउँ भन्दै कठोर व्रत वसेर महादेव बर पाएको विश्वासका साथ हिन्दु महिलाहरुले पतिको दिर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा रहेको छ । त्यसै गरी अविवाहित युवतिहरुले सुयोग्य बर पाउ भन्ने कामना सहित व्रत वस्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved