विद्युत विधेयक छिट्टै संसदमा पेश गर्ने : ऊर्जामन्त्री बस्नेत

  • भदौ १५, २०८०
  • १४३ पटक पढिएको
  • न्यू पाटी
alt

काठमडौं : ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक छिट्टै संसदमा पेश गर्ने बताएका छन । मन्त्री बस्नेतले मन्त्रीपरिषद्ले आवश्यक निर्णय गरिसकेको उल्लेख गर्दै सो विधेयक छिट्टै संसदमा पेश हुने बताएका हुन ।

ऊर्जा क्षेत्रको उत्पादन, पूर्वाधार विकास र निर्यात कार्यलाई थप व्यवस्थित बनाउनका लागि सरकारले सो विधेयक संसदमा पेश गर्न लागेको मन्त्री बस्नेतको भनाई थियो । काठमाडौमा शुरु भएको ट्रेड एक्स्पो उद्घाटन पछि सञ्चारकर्मीहरु संगको कुराकानीमा सो कुरा बताएका हुन ।

उनले सो विधेयक चालु संसद अधिवेशनबाटै पारित गराउन प्रयास गर्ने भन्दै त्यसले विद्युत क्षेत्रको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । मन्त्री बस्नेतले सो विधेयकलाई चालु संसद अधिवेशनबाटै पारित गराउने गरी सांसदहरुसँग औपचारिक/अनौपचारिक ढंगले सरकारले छलफल गरिरहेको समेत बताए ।

त्यस अवसरमा मन्त्री बस्नेतले सरकारले मुलुकको समृद्धि, विद्युतको आन्तरिक खपत र वातावरणीय प्रदुषणलाई न्युनिकरण गर्दै लैजान पनि विद्युतीय सवारी साधनहरुको प्रयोग गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
इटहरीमा संयुक्त अनुग ...

इटहरी : बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अ ...

चोरीको मोटरसाईकल सहि ...

झापा: झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरे ...

होटल व्यवसायी संघ इट ...

इटहरी : होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भए ...

मुख्य खबरहरु
सबै
इटहरीमा संयुक्त अनुग ...

इटहरी : बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अ ...

चोरीको मोटरसाईकल सहि ...

झापा: झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरे ...

होटल व्यवसायी संघ इट ...

इटहरी : होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भए ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved