काठमडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोशी प्रदेशमा राप्रपाले गठबन्धनलाई सहयोग गर्ने विश्वास जनाएका छन् । मंगलबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले समिति गठन गर्दा राप्रपासँग बनेको सहमतिको वातावरणले कोशीमा सरकार गठन र पूर्णतामा सहजता ल्याउने विश्वास जनाएका हुन् ।
यस विषयमा दलहरूबीच सकारात्मक ढंगले छलफल हुने बढ्ने भन्दै सरकार फेल नखाने बरु सफल हुने तर्क गरे । माओवादीले माधव सापकोटालाई ब्याक गराएर पूर्वाधार विकास समितिमा राप्रपाका दीपक सिंहलाई मैदान खाली गराएको थियो ।सरकार फेल खाएको छैन र फेल खाँदैन ।
सरकार सफल हुन्छ । छलफल सकारात्मक ढंगले नै अगाडि बढ्छ भन्ने आफ्नो विश्वास रहेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved