इटहरीमा तीन दिने महिला उद्यमशिलता प्रर्दशनी

  • भदौ १, २०८०
  • ५१२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : उद्यमीहरुका उत्पादनलाई बजारिकरण सहित प्रवद्धनमा जोड दिदै सुनसरीको इटहरीमा तीन दिने महिला उद्यमशिलता प्रर्दशनी आयोजना हुने भएको छ ।

इटहरी उद्योग वाणिज्य संघ महिला उद्यम समिति, नेपाल युवा उद्यमी मञ्च सुनसरीको संयुक्त आयोजनामा यही भाद्र १५ गते देखि १७ गते सम्म इटहरीको लायन्स क्लवमा सञ्चालन गरिने महिला उद्यमशिलता प्रदशनीका विषयमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।

घरेलु उत्पादनलाई विशेष गरी प्राथमिकतामा राखेर उद्यमशिलतामा महिलाहरुलाई उत्साहित वनाउने उद्धेश्यले महिला उद्यमशिलता प्रर्दशनी आयोजना गर्न लागिएको प्रर्दशनीकी संयोजक मिना ढकालले जानकारी दिइन । उनले घरेलु ,लघु उद्योगहरुबाट निर्मित दैनिक उपभोग्य वस्तु , कृषिजन्य तथा जडीवुटि ,हस्तकला , सौन्दय कला लगायतका स्टलहरु प्रर्दशनी राखिने समते संयोजक ढकालले वताइन ।

उद्यमशिलता प्रर्दशनीमा कोशी प्रदेशका विभिन्न ठाउँमा उत्पादनहरुका ७५वटा स्टल रहने पत्रकार सम्मेलनमा जानकारी गरायो । उद्यमशितलामा जोड दिएर घरेलु तथा साना उद्योग सञ्चालन गर्ने उद्यमीहरु वढाउन सके रोजगारीका लागि वैदेशिक रोजगारीमा जाने युवाहरुलाई स्वदेशमै आकर्षण गर्न सकिने समेत आयोजकले विश्वास लिएका छन । तीन दिन सम्म सञ्चालन हुने प्रर्दशनीमा ५०हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ ।

पत्रकार सम्मेलनमा नेपाल युवा उद्यमी मञ्चका तर्फबाट उत्कृष्ट तीन स्टललाई जनही १५हजारका दरले पुरस्कृत गर्ने घोषणा गरियो । पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशकी महिला उद्यम समितिकी अध्यक्ष सरु केसी इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुली , नेपाल युवा उद्यमी मञ्चका अध्यक्ष चन्द्र देवकोटा, जिल्ला होटल तथा पर्यटन ब्यवसायी संघका अध्यक्ष टेज बहादुर पुरी,होटल ब्यवसायी संघका कार्यवाहक अध्यक्ष जयप्रसाद उपाध्य,उद्योग वाणिज्य संघका महासचिव विनोद पौडेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
इटहरीमा संयुक्त अनुग ...

इटहरी : बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अ ...

चोरीको मोटरसाईकल सहि ...

झापा: झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरे ...

होटल व्यवसायी संघ इट ...

इटहरी : होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भए ...

मुख्य खबरहरु
सबै
इटहरीमा संयुक्त अनुग ...

इटहरी : बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अ ...

चोरीको मोटरसाईकल सहि ...

झापा: झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरे ...

होटल व्यवसायी संघ इट ...

इटहरी : होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भए ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved