इटहरी : निसाहय बालबालिकाहरुले आश्रय लिदै आएको सुनसरीको इटहरीमा रहेको निसाहय बालबालिका सेवा आश्रमलाई इटहरीकै उमादेवी पौडेलको परिवारले अक्षयकोष स्थापनाका लागि सहयोग गरेका छन । स्वर्गीय पति रामनाथ शर्माको स्मृतिमा उमादेवी पौडेलले अक्षयकोष स्थापनाका लागि पाँच लाख रुपैया सहयोग गरेकी हुन ।
सामाजिक सेवाका क्षेत्रमा इटहरीमा नाम कमाउका स्वर्गीय रामनाथ शर्मा पौडेलकी धर्मपत्नी उमादेवी सहित छोराहरु कमल , मुकुन्द र कमलेश शर्मा पौडेलको उपस्थितीमा आश्रमकी सञ्चालिका गिता गौतमलाई पाँच लाखको चेक हस्तान्तरण गरेका हुन। सो क्रममा बालबालिकाहरुलाई आश्रय दिदै आएको आश्रमलाई सहयोग गर्ने आमाको इच्छा अनुसार आश्रम सञ्चालनमा केही सहयोग पुगोस भनेर रकम सहयोग गरिएको कमलेश शर्मा पौडेलले वताए ।
विभिन्न संघसंस्थाहरु तथा दाताहरुको सहयोगले आश्रम सञ्चालनमा सहयोग पुग्दै आएको आश्रमकी सञ्चालिका गिता गौतमले जानकारी दिइन । आश्रममा हात ४६जना बालबालिकाहरुले आश्रम लिदै आएका छन ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved