इटहरी : रोट्याक क्लव अफ इटहरी र रोट्याक क्लव अफ इटहरी सुनसरीको पदस्थापना संयुक्त रुपमा सम्पन्न गरिएको छ । इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यमा रोट्याक क्लव अफ इटहरीको १६ औं र महिलाहरु मात्र रहेको रोट्याक क्लव अफ सुनसरीको दोस्रो पदस्थापना कार्यक्रम संयुक्त रुपमा सम्पन्न भएको हो ।
पदस्थापना कार्यक्रममा रोट्याक क्लव अफ इटहरीका वर्ष २०२२ /२३का अध्यक्ष पंकज भगतले वर्ष २०२३/२४का अध्यक्ष मिसन पराजुलीलाई पदभार हस्तान्तरण गरे । त्यसै गरी रोट्याक क्लव अफ इटहरी सुनसरीकी वर्ष २०२२/२३की अध्यक्ष माला धितालले वर्ष २०२३/२४की अध्यक्ष आयुषा अधिकारीलाई पदभार हस्तान्तरण गरिन ।
कार्यक्रममा रोट्याक क्लव अफ इटहरीका पुर्व अध्यक्ष भुपेन्द्र निरौलाले दुवै नयाँ कार्य समितिलाई सपथग्रहण गराएका थिए । कार्यक्रममा सशस्त्र प्रहरी वल वराह वाहिनीका वाहिनीपति अञ्जनीकुमार पोखरेल , इलाका प्रहरी कार्यालय इटहरीमा प्रमुख माधवप्रसाद काफ्ले , रोटरी क्लव अफ इटहरी अध्यक्ष माधव न्यौपाने लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved