झुटो विज्ञापन गर्ने एकेएम ग्रुपमाथि इटहरी उपमहानगरको छापा, ६० हजार सम्म तलब भन्दै विज्ञापन छ्याप छ्याप्ती

  • श्रावण २१, २०८०
  • २९३ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । सामाजिक सञ्जालहरुमा आर्कषक तलव सुविधा देखाउने इटहरीको एकेएम गु्रपमा इटहरी उपमहानगरपालिकाले छापा मारेको छ । सामाजिक सन्जाल फेसबुकमा सहजै मासिक ५० देखि ६० हजार कमाई हुने भन्दै विज्ञापन गर्ने ग्रुपमा उपमहानगरले आईतवार छापा मारेको हो ।

विशेष गरि पूर्वी पहाडी जिल्लाहरुबाट पढ्न आएका युवा युवतीहरुलाई लक्षित गरेर विज्ञापन गरेको भन्दै उपमहानगरका मेयर सहितको टोलिले ग्रुपमा छापा मारेको हो । कर्मचारीहरुलाई ६० हजार सम्म तलब भन्दै विज्ञापन छ्यापछ्याप्ती देखिन थाले पछि छापा मारिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताउनु भयो ।

पछिल्लो समय ठगीका नयाँ–नयाँ शैली देखापरेका छन् । सर्वसाधरणहरु जुनसुकै बहानामा ठगिइन सक्ने भन्दै आफुहरुले कार्यालयमै गएर छापा मारेको बताउनु भयो । केहि दिन देखि सामाजिक सञ्जालमा ६० हजार सम्म तलब दिने भन्दै विज्ञापन आईरहेको कारण हामी त्यहाँ पुगेका हौ मेयर पौडेलले भन्नुभयो । ग्रुपको सामान वेच्नका लागि उनीहरुले सर्वसाधरणहरुलाई झुटो विज्ञापन गरेको पाईयो ।

यस्ता जब सेन्टरले विभिन्न सामाजिक सञ्जाल तथा टिकटकमा पनि अडियो, भिडियो तथा टेक्स्ट मै आकर्षक विज्ञापन बजाउने र ठगी गर्न सक्ने भन्दै सर्तकता अपनाउन मेयर पौडेललको आग्रह थियो । ठुलो भवनमा ग्रुपले मार्केटिङको काम गर्ने र कमिशनको लागि कर्मचारीहरुले विज्ञापन गरेको स्वीकार गदै आगमी दिनमा यस्तो नहुने बताएको थियो । उपमहानगरले भने पालिकामा उपस्थित हुन निर्देशन दिएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी माधब काफ्ले भने सामाजिक सञ्जालमा यसरी विज्ञापन गर्ने नहुने बताए । यसरी सर्वसाधरणलाई झुक्याउने काम तत्काल रोक्न भन्दै आगमी दिनमा यस्ता विज्ञापन गरे कारवाही गरिने उहाँको भनाई थियो । इटहरीमा ठगीका घट्नाको विषयमा आफुहरु चलाखी पूर्ण रुपमा काम गरिरहेको उनको भनाई थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved