इटहरी : सुनसरीका केही पालिकाहरुमा दादुरा तथा रुबेलाका लक्षण देखा परेको तर्फ मध्यनजर गर्दै जिल्ला स्वास्थ्य कार्यलय सुनसरीले दादुरा खोप अभियान २०८० लाई अगाडी बढाएको छ । यही श्रावण २२ गते देखी २९ गतेसम्म इटहरीका सामुदायिक तथा निजी विद्यालयहरुमा खोप अभियान सञ्चालन गर्न लागेको हो ।
सोही अभियानलाइ लक्षित गरी इटहरी वडा नम्बर ६ ले दादुरा,रुबेला प्रकोप नियन्त्रण, रोकथाम र व्यवस्थापनका लागी आउटब्रेक रेस्पोन्स इम्युनाइजेसन बारे वडा स्तरिय अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।
इटहरी ६ स्थित ज्येष्ठ नागरिक चौतारीमा आयोजित सो कार्यक्रममा वडाले इटहरी उपमहानगरपालीकाका स्वास्थ्य स्वयमसेविका,विद्यालयका शिक्षक,प्रधानाध्यापकहरुलाई दादुरा तथा रुबेलाको खोप अभियानको पुर्व तयारीबारे जानकारी गराएको हो ।
इटहरीका मन्टेश्वरी,नीजी तथा सामुदायिक विद्यालयमा गएर यही श्रावण २२ देखी २८ सम्म र २९ गते छुटेका बालबालिकाहरुलाई इटहरी वडा नम्बर ६ को स्वास्थ्य केन्द्रमा खोप लगाइने पनी सो अवसरमा जानकारी गराइयो ।
यस प्रकारका अभियानमा स्वास्थ्य स्वयमसेविका र विद्यालयको भुमिका महत्वपुर्ण हुने भएकाले उक्त अभियानलाई अझ प्रभावकारी हुने अभिमुखिकरण कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिवश पोखरेलले बताए ।
इटहरी ६ का वडा अध्यक्ष दिवश पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा इटहरी ६ का स्वास्थ्यकर्मी द्धय पुजा भट्टराई र राधा प्याकुरेलले दादुरा,रुदेला खोपको अभियानका विषयमा जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved