इटहरी : २५ वर्ष अघि देखि सुनसरीको इटहरीमा रहेर राम्रो नतिजा ल्याउन सफल हुदै आएको विश्व आर्दश कलेजले विद्यार्थीलाई कलेजका विषयमा जानकारी मुलक कार्यक्रम गरेको छ ।
शैक्षिक दृष्टिकोणले देशमै राम्रो नतिजा ल्याउन सफल हुदै आएको विश्व आर्दश कलेजले कक्षा ११का नयाँ विद्यार्थीलाई कलेज तथा पठनपाठनका विषय केन्द्रित जानकारी गराएको हो ।
कक्षा ११ का साइन्स र मेनेज्मेन्ट विषयका विद्यार्थीलाई बेग्लाबेग्लै कार्यक्रमको आयोजना गरि अध्ययन अध्यायपन साथै विद्यार्थी जीवनसंग केन्द्रित उत्प्रेरणाका साथै कलेजका विषयमा जानकारी गराइयो । सो क्रममा कलेजका प्राचार्य गणेश दुलालले कलेज विषय साथै विद्यार्थीले अपनाउनु पर्ने अनुशान लगायतका विषयमा जानकारी गराएका थिए । त्यसै गरी उत्प्रेरक रमण भट्टराईले विद्यार्थी जीवनका विषय केन्द्रित उत्प्रेरणा सम्वन्धी सहजिकरण गरेका थिए । विश्व आर्दश विद्यालय तथा कलेजमा गरी हाल ३हजार २५ विद्यार्थी अध्ययनरत रहेका छन ।
कलेजका अध्यक्ष लेखनाथ घिमीरे , ब्रह्माकुमारी राजयोग सेवा केन्द्र इटहरीकी सञ्चालिका शारदा सिटौला लगायतका अतिथीहरु रहेको कार्यक्रममा विश्व आर्दशका विद्यार्थी समेत रहेका चर्चित गायक प्रितम आचार्य लगायतको सांस्कृतिक प्रस्तुति रहेको थियो । विश्व आर्दश कलेजले आफना विद्यार्थीहरुलाई लक्षित गरी माई सेकेण्ड टिचरका माध्यमबाट समेत विद्यार्थीलाई अध्ययनमा सहज वनाउदै आएको छ । माई सेकेण्ड टिचरमा कक्षाको पाठ्यक्रम र पाठ्क्रम बाहिरका विषयवस्तुका प्रश्न उत्तर समावेश गरेर प्रविधिका माध्यमबाट अध्ययन गर्न सकिने व्यवस्था समेत विश्व आर्दश कलेजले मिलाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved