सर्पदंशका विरामीलाई स्वास्थ्य संस्थामा लैजान ढिलो गर्न नहुने

  • श्रावण १४, २०८०
  • ४०८ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : सर्पदंशका विरामीलाई स्वास्थ्य संस्थामा लैजान ढिलो गर्नु नहुनेमा जोड दिदै इटहरी उपमहानगरपालिका वडा नम्बर १मा जनचेतना अभिवृद्धि कार्यक्रम आयोजना गरिएको छ । सामुदायिक सर्पदंश उपचार सेवा केन्द्र इटहरीले आयोजना गरेको सर्पदंश सम्वन्धी जनचेतना अभिवृद्धि कार्यक्रममा सर्पले टोकेपछि घरेलु उपचार तथा झारफुकका नाम स्वास्थ्य संस्था लैजान ढिलो गर्नु नहुनेमा जोड दिएको हो ।

विषालु सर्पले टोकेको अवस्थामा विरामीलाई समयमै सर्पदंशको उपचार हुने स्वास्थ्य संस्थामा नलगिए मृत्यु समेत हुने गरेको सर्पदंश सम्वन्धी जनचेतना अभिवृद्धि कार्यक्रमका सहजकर्ता पूर्वाञ्चल विश्वविद्यालयका उपप्राध्यापकद्धय सरिता खतिवडा र दिक्षा पौडेलले वताए ।

उनीहरुले सर्पहरु विषालु र अविषालु हुने हुदाँ विषालु सर्पको टेकाइको समयमा उपचार नभएर विरामीको ज्यान जाने तर्फ मध्यनजर गर्दै समयमै सर्पले टोकेको उपचार हुने स्वास्थ्य संस्थामा लैजानु पर्ने सहभागीहरुलाई जानकारी गराए ।

गर्मीयाममा सर्प प्रभावित मानिसहरुको संख्या बढी हुने गरेको तर्फ मध्यनजर गर्दै सर्पदंशबाट बच्ने साथै सर्पदंश उपचार केन्द्रमा लैजाने लगायतका विषयमा समेत उनीहरुले सहजिकरण गरेका थिए ।

WhatsApp Image 2023-07-30 at 18.00.15

सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीका उपाध्यक्ष राजु थापाको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नम्वर १का वडाध्यक्ष रतन कार्कीको प्रमुख आतिथ्य रहेको जनचेतना अभिवृद्धि कार्यक्रम भएको थियो । सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीका उपाध्यक्ष थापाले सर्पले टोके पैसा खोज्नका लागि समयमा नफाली केन्द्रमा ल्याउन आग्रह गरे । उनले पैसा नभएकाहरुलाई समेत केन्द्रले उपचारमा सहयोग गर्ने जानकारी गराए । कार्यक्रममा इटहरी वडा नम्बर १मा रहेका विभिन्न टोल विकास संस्थाका प्रतिनिधि ,स्थानीयवासीको सहभागिता रहेको थियो

नारी सृजना कुञ्ज नेपाल र इटहरी उपमहानगरपालिका वडा नम्बर १को सहआयोजना रहेको सो कार्यक्रममा नेपाली सेनाको कृष्णदल गणका निमित्त गणपति मेजर रुपेश चापागाँई , सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीका कोषाध्यक्ष उदय सुब्बा, नारी सृजना कुञ्ज नेपालकी अध्यक्ष प्रतिक्षा अधिकारी , सचिव सृजना अधिकारी इटहरी उपमहानगरपालिका वडा नम्बर १का सचिव सुरेश कार्की लगायतका अतिथीहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved