इटहरीको शिक्षा क्षेत्रलाई व्यापक सुधार आवश्यक भन्दै मेयर पौडेल एक्सनमा

  • श्रावण ७, २०८०
  • ४४९ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । इटहरी उपमहानगरपालिकाले चालु शैक्षिक वर्षमा शिक्षा क्षेत्र सुधारका लागि स्थानीय शिक्षा ऐन, २०८० लागु गरेर इटहरीका मेयर हेमकर्ण पौडेल शिक्षा सुधार अभियानमा लागि परेका छन । इटहरीको शिक्षा क्षेत्रलाई व्यापक सुधार आवश्यक भएको भन्दै मेयर पौडेल एक्सनमा उत्रिएका हुन ।

शनिबार इटहरीमा रहेको ३७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई बोलाएर राजनीति नगर्न मेयर पौडेलले निर्देशन दिएका छन । मेयर पौडेलले सबभन्दा पहिला राजनीतिक दलहरूमा आबद्ध शिक्षकहरूलाई दलको सक्रिय राजनीति गर्ने भए पढाउन छोड्न चेतावनी समेत दिएका छन । ’शिक्षामा राजनीति नहुने हो भने सामुदायिक विद्यालयहरू अझै पनि राम्रो बनाउन सकिन्छ,’ मेयर पौडेल भन्छन् ।
मेयर पौडेलले शिक्षकहरु समयमा विद्यालय नजाने र समय अवधिभर नपढाउँने गुनासो बढेको भन्दै समयमा विद्यालय नजानेलाई कारवाही गरिने समेत बताए । पोशाक नलगाई विद्यालय आउनेहरुको पोशाक भत्ता समेत कटौती गर्ने मेयर पौडेलको भनाई थियो ।

आईतबार विद्यालय ब्यावस्थापन समितिका अध्यक्षहरुको भेला राखेर विद्यालय सुधारमा लाग्न निर्देशन दिएका हुन । व्यवस्थापन समितिका सबै अध्यक्षहरुलाई मेयर पौडेलले विद्यालय सुधार्न सबैलाई सक्रिय रुपमा लाग्न मेयर पौडेलको निर्देशन थियो । उपमहानगरले भौतिक संरचना सँगै आवश्यक बजेट विनियोजन गर्न उपमहानगरपालिका तयार छ तर शिक्षामा व्यापक सुधार हुनु पर्येा मेयर पौडेलले अध्यक्षहरु सँग भने ।

जनता माध्यामिक विद्यालय इटहरीका व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले पाँच बर्ष अगाडी सम्म स्थानीय सरकारको वेवस्तामा रहेको विद्यालयलाई अहिले चासोको साथ हेरेको भन्दै खुसी ब्यक्त गरे । अहिलेको मेयर साबले शिक्षालाई निकै महत्वका साथ हेर्नु भएको छ हामी मेयर साबलाई साथ दिन तयारी छौ अध्यक्ष दंगालले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved