इटहरी : पछिल्लो समयमा टिकटक प्रयोगकर्ताहरुले सर्वाधिक रुपमा रुचाएको शम्भु राई र गंगा गौतम आचार्यको स्वर रहेको धनकुटा धरान कुन ठाउँमा जन्म हुन्छ नी लैलै कुन ठाउँमा हुन्छ मरन बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायिका गगां गौतम आचार्यको शब्द राजकुमार बगरको संगीत र तुलसी घिमीरेको निर्देशन रहेको म्युजिक भिडियो गंगा गौतम युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गायिका गंगा गौतमले आफनै युटुब च्यानल मार्फत धनकुटा धरान गीत सार्वजनिक गरेकी छन । धनकुटाका विभिन्न ठाउँहरुका साथै बाल्यकालका स्मरणहरुलाई समेटेर तयार पारिएको गीतको म्युजिक भिडियो धनकुटाका विभिन्न ठाउँहरुमा छायाँकन गरिएको छ । म्युजिक भिडियोमा गायिका गौतमकी आमा गिता आचार्य सहित कलाकारहरु राजु गौतम , सुरेश कार्की , प्रकास श्रेष्ठ , दिपक गुरुगं , विमल बस्नेत लगायतले अभियन गरेका छन ।
पुर्वी नेपालको सुनसरीको इटहरीमा रहेर ५० भन्दा वढी नेपाली लोक तथा दोहोरी गीतमा स्वर दिईसकेकी गंगा गौतम आचार्य आफै गीत समेत लेख्ने गरिकी छन । प्रत्यक्ष दोहोरी गायिकाको समेत गंगाले परिचय वनाइकी छन ।
https://www.youtube.com/watch?v=HCveBS5NgLg
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved