सेभियाको युरोपा लिग फुटबलमा किर्तीमान, सातौं पटक च्याम्पियन

  • जेठ १८, २०८०
  • ४५३ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौँ : स्पेनिस क्लब सेभियाले यस वर्षको युरोपा लिग फुटबलको उपाधि जितेको छ।

हंगेरीको राजधानी बुढापेस्टमा रहेको पुस्कास एरिनामा बुधबार राती भएको खेलमा इटालीको ए.एस रोमालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै सेभियाले कीर्तिमानी सातौं पटक युरोपा लिग जितेको हो । फ्रान्स विरुद्धको विश्वकपको फाइनलमा अर्जेन्टिनाका लागि पेनाल्टी मार्फत विजयी गोल गरेका गोन्जालो मोन्टिएलले बुधबार सेभियाका लागि पनि विजयी गोल गरेका थिए ।

खेलको ३५औं मिनेटमा पाउलो डिबालाले गोल गरे पछि रोमाले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि कुनै पनि टिमबाट गोल हुन नसके पछि पहिलो हाफको खेल १–० मा सकिएको थियो । दोस्रो हाफको ५५ औं मिनेटमा रोमाका जियानलुका मान्सिनीले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरीमा आएको थियो । तर, खेलको निर्धारित समय र अतिरिक्त समयमा पनि दुवैपक्षवाट गोल हुन नसके पछि खेल ट्राइबेकरमा गएको थियो ।

टाइब्रेकरमा पुगेको खेलमा सेभियाका लुकास ओकम्पास, एरिक लमेला, इभान राकिटिच र गोन्जालो मोन्टिएल सहित सबै खेलाडी गोल गर्न सफल भए भने रोमाका जियान लुका मान्सिनी र रोजर इवानेजले गोल गर्न चुके पछि सेभियाले सातौं पटक युरोपा लिगको च्याम्पियन बन्न सफल भएको हो । यसअघि सन २००६, २००७, २०१४, २०१५, २०१६ र २०२० मा च्याम्पियन बनेको थियो ।

यो जित संगै सेभियाले युरोपा लिग फुटबलको फाइनलमा पुगेको सातै अवसरमा उपाधि जित्ने किर्तीमान पनि बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved