सुनसरी जिल्ला कै पहिलो पाँचतारे होटल सोल्टी वेस्टएन्ड इटहरी वुधबारबाट सञ्चालनमा आउने

  • जेठ २, २०८०
  • ८८९ पटक पढिएको
  • न्यू पाटी
alt

सुनसरी : सुनसरी जिल्लामै पहिलो पाँचतारे स्तरको होटल सोल्टी ब्राण्डको सोल्टी वेस्टएन्ड इटहरीमा सञ्चालनमा आउने भएको छ । पाँचतारे होटलको सेवा सुविधा सहित सोल्टी होटेल्स एण्ड रिसोर्टसको ब्रान्डका रुपमा सोल्टी वेस्टएन्ड इटहरी वुधबारबाट सञ्चालनमा आउने भएको हो ।

पाँचतारे स्तरको सोल्टी वेस्टएन्ड इटहरीमा सञ्चालनमा आउने विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा गरिमा होटल प्राइभेट लिमिटेडको स्वामित्व तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त सुप्रशिद्ध सोल्टी होटेलको सम्बद्धनमा सोल्टी वेस्टएन्ड इटहरी सुनसरी जिल्लाको पहिलो पाँचतारे स्तरको होटेलका रुपमा सञ्चालनमा आउने जानकारी गराइयो । सोल्टी वेस्टएन्ड इटहरीमा आधुनिक सुविधा सम्पन्न ८० वटा अतिथि कोठाहरु र पाहुनाहरुलाई उत्कृष्ट आतिथ्य सेवाहरुको सुविधा दिने गरी आधुनिक सुविधा सम्पन्न रहेको समेत जानकारी गराइयो ।

IMG_2576

त्यसै गरी होटलमा अतिथीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै उर्जा प्रवाहका लागि सउना, स्पा सम्वन्धी सबै सेवाहरु अत्याधुनिक उपकरणहरुका साथ रहने तथा आउटडोर स्विमीगं पुल, वहुउद्धेश्यय सभा-सम्मेलन गर्ने सभाकक्ष, अतिथीहरुका लागि विभिन्न किसिमका प्याकेजहरु रहेका विषयमा होटल सञ्चालकहरुले जानकारी गराइएको थियो ।

सो अवसरमा होटलका तर्फबाट सञ्चालक भिमवहादुर पौडेल, दिपक लेखक, सिनेट रिजाल लगायतको सहभागीता रहेको थियो ।

IMG_2577

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
इटहरीमा संयुक्त अनुग ...

इटहरी : बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अ ...

चोरीको मोटरसाईकल सहि ...

झापा: झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरे ...

होटल व्यवसायी संघ इट ...

इटहरी : होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भए ...

मुख्य खबरहरु
सबै
इटहरीमा संयुक्त अनुग ...

इटहरी : बिक्रीका लागि राखिएका खाद्य सामाग्रीहरुको म्याद गुज्रिएको पाइएपछि सुनसरीको इटहरीमा संयुक्त अ ...

चोरीको मोटरसाईकल सहि ...

झापा: झापाको भद्रपुर नगरपालिका-४ तारानगर स्थितबाट चोरीको मोटरसाईकल सहित २ जनालाई प्रहरीले पक्राउ गरे ...

होटल व्यवसायी संघ इट ...

इटहरी : होटल व्यवसायी संघ इटहरीको १३औं तथा १४औं साधारण सभा विधान संशोधन गर्ने निर्णय सहित सम्पन्न भए ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved