कतारलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश

  • बैशाख १४, २०८०
  • ४०६ पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : नेपाल समूह विजेता बन्दै एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सन्दीप लामिछानेको अलराउण्ड प्रर्दशनको मद्दतले समूह चरणको अन्तिम खेलमा बिहीबार कतारलाई ६८ रनले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले जितका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, खेलमा नेपाली बलरहरु हावी भएपछि कतारले २५.१ ओभरमा सबै विकेट गुमाएर ८९ रन मात्र बनाउन सक्यो । जहिर इब्राहिम र खुराम शहजादले बनाएको १५ रन नै कतारका लागि सर्वाधिक रह्यो ।

नेपाली बलर सन्दीपले ९.१ ओभर बलिङ गर्दै मात्र १४ रन खर्चेर ५ विकेट लिए । सन्दीपले ९ ओभरमा ३ मेडन राख्न सफल भए । सोमपाल कामीले ३ विकेट झारे । ललित राजवंशीले दुई विकेट आफ्नो नाममा लेख्न सफल भए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कतारले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४०.३ ओभरमा १ सय ५७ रनमा अलआउट भएको थियो । खराब प्रर्दशन गरेको नेपालका नौ ब्याटर क्याच आउट भए ।

कतारको घातक बलिङसामु नेपालका ब्याटरहरु लामो समय क्रिजमा टिक्न सकेनन् । अन्तिम विकेटका लागि सन्दीप लामिछाने र ललित राजवंशीले ४६ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए । ५७ बलको सामना गरेका सन्दीपले ६ चौका मद्धतमा ४२ रनमा नटआउट रहे ।

सन्दीपले बनाएको ४२ रन नै नेपालका लागि सर्वाधिक रह्यो । कतारका लागि अमिर फारुकले ४ विकेट लिए । एसिसी प्रिमियर कप अन्र्तगत मुलपानी क्रिकेट मैदानमा भईरहेको अर्को खेलमा कुवेतले हङकङलाई २७३ रनको लक्ष्य दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved