प्रतिबन्धित लागुऔषध सहित चार जना पक्राउ

  • चैत्र २२, २०७९
  • ४८१ पटक पढिएको
  • न्यू पाटी
alt

बिराटनगर :  मोरङ, सुनसरी र इलामबाट प्रतिबन्धित लागुऔषधी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले बिराटनगर-१५ स्थितमा चेकजाँचको क्रममा भारतबाट नेपाल आउदै गरेका दमक -४ का २७ बर्षीय यम मगरलाई प्रतिबन्धित औषधी ३६ एम्पुल सहित पक्राउ गरेको छ ।

यसै गरी अस्थायी प्रहरी पोष्ट रेल्वे धरानबाट खटिएको प्रहरी टोलीले धरान-१७ का २४ बर्षीय समिर जोगीले आफ्नै घर भित्र झोलामा लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषधी ट्रामाडोल १ हजार ३ सय ८० क्याप्सुल र स्पास्पेइन १ हजार ८ सय चक्की सहित र अस्थायी प्रहरी चौकी बाङ्गेबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र-३ का ३२ बर्षीय राज कुमार राईलाई ट्रमाडोल ३ सय क्यापसुल सहित पक्राउ गरेको हो भने इलामको चुलाचुली गाउँपालिका-४ का २१ बर्षीय मुकेश लिम्बुलाई प्रतिबन्धित लागुऔषधी १ सय ३२ चक्की सहित प्रहरी चौकी पेल्टीमारी इलामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थपअनुसन्धान भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved