बिराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर RIT समुहबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी सहित दुई जनालाई पक्राउ गरेको छ ।
आईतबार राती ११ बजे सुनसरीको धरान उप-महानगरपालिका-१६ नौलोबस्ती स्थितमा कालु शाहका छोरा २७ बर्षीय प्रभु शाह र २४ बर्षीय नारायण शाहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा घरको पछाडी लुकाईछिपाई राखेको अवस्थामा प्रतिबन्धित औषधी tramol50 १२ हजार २०० क्याप्सुल र spaspin५३० ट्याबलेट फेला पारी पक्राउ गरेको हो ।
प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनिहरुको ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved