इटहरी : सुनसरी सदरमुकाम इनरुवामा प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव हुने भएको छ । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ को आयोजना तथा इनरुवा नगरपालिकाको संयोजनमा यही फागुन ७ गते देखि १७ गते सम्म इनरुवा उतसव तथा चलचित्र महोत्सव हुने भएको हो ।
आयोजक नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ले इटहरीमा पत्रकार सम्मेलन गरी महोत्सवमा इनरुवाको नाम उच्च राख्ने शिक्षा,स्वास्थ्य ,खेलकुद,चलचित्र,पत्रकारिता लगायतका क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान , चलचित्र प्रदर्शनी र सास्कृतिक कार्यक्रम ,पुस्तक विमोचन , बेबी फेन्सी ड्रेस प्रतियोगिता ,साहित्य सम्मेलन ,उत्कृष्ट तरकारी उत्पादक प्रतियोगिता , विद्यालय स्तरीय नृत्य प्रतियोगिता नेता भर्सेज अभिनेता फुटवल खेल आयोजना हुने अयाोजक संस्थाका अध्यक्ष अरुण प्रधानले जानकारी दिए । त्यसै गरी प्रदेश नम्बर १को नाम उच्च राख्न योगदान पुर्याउने चलचित्र क्षेत्रका व्यक्तित्वहरुलाई प्रदेश १ तारा भनेर सम्मान गर्ने समेत अध्यक्ष प्रधानले वताए ।
डिथ्रि अनलाईनको सभाहलामा आयोजित पत्रकार सम्मेलनमा नेपाल चलचित्रकर्मी संघ प्रदेश नम्बर १ सचिव दिनेश कोइराला , महोत्सव समितिका सदस्य शंकर महाजु , फिल्म निर्देशक भिषण राई लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Newpati.com - All rights reserved